२०८३ साउन ९ शनिबार

मनकामना केबलकार आजदेखि सञ्चालनमा, मनकामना मन्दिर पनि खुल्यो

ई आर्थिक    बुधबार, भाद्र २३ २०७८
5.8K
Shares
मनकामना केबलकार आजदेखि सञ्चालनमा, मनकामना मन्दिर पनि खुल्यो

ई–आर्थिक, काठमाडौं । कोरोना भाइरस सङ्क्रमणका कारण बन्द रहेको मनकामना केबलकार आजदेखि सञ्चालनमा आएको छ ।

मनकामना मन्दिर आजदेखि खुलेसँगै केबलकार पनि सञ्चालनमा आएको हो । स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णपालना गर्ने गरी केबलकार सञ्चालनमा ल्याएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्वल शेरचनले जानकारी दिनुभयो । आज बिहानबाट केबलकार सञ्चालनमा आएको उहाँले जानकारी दिनुभयो ।

यात्रुलाई स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णरुपमा पालना गर्न पनि मनकामना दर्शन प्रालिले आग्रह गरेको छ ।

गोरखाको शहिदलखन गाउँपालिकामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न जान सहजताका लागि सञ्चालनमा ल्याएको मनकामना केबलकारको प्रवेशद्वार (बटम स्टेशन) चितवनको ईच्छाकामना– ४ चेरेसमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij