ई–आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त, खल्ती डिजिटल वालेटले सिटिइभिटी बाट खुलाइएको प्रि–डिप्लोमा तह, डिप्लोमा, र प्रमाणपत्र तहका छात्रवृत्ति आवेदनको फारम शुल्क खल्तीबाट सिधै शुल्क भुक्तानी गर्न सकिने सुविधा कार्यान्वयनमा ल्याएको छ ।
नेपाल सरकारको सरकारी वा सामुदायिक विद्यालयबाट एसईई/एसएलसी/टिएसएलसी अध्ययन गरेको विद्यार्थीहरुले छात्रवृत्ति आवेदन फारम भरी त्यसमा लाग्ने शुल्क खल्तीबाट सिधै तिर्न सक्नेछन् । निजीविद्यालयबाट एसईई/एसएलसी/टिएसएलसी अध्ययन गर्नेको हकमा भने उक्त छात्रवृत्ति लागु हुनेछैन । त्यस्तो आवेदकले छात्रवृत्तिको आवेदन फारम भरेमा उक्त फारम स्वतः रद्द हुने साथै शुल्क फिर्ता नहुने प्रावधान रहेको छ ।
छात्रवृत्तिको आवेदन फाराम भर्ने आवेदकले डिप्लोमा तथा प्रि–डिप्लोमा तहका कार्यक्रमहरु मध्ये आवेदकले कुनै एक तहको एक वटा कार्यक्रममा मात्र भर्न पाउनेछन् ।
२०७८, भाद्र ७ देखि २३ गते सम्म आवेदकहरुले छात्रवृत्तिको लागि आवेदन दिन सक्नेछन् बताइएको छ ।
कार्यालयमा धाईरहनु पर्ने वा लाइनमा घण्टौ बस्न पर्ने झन्झटलाई डिजिटल भुक्तानीको माध्यमद्वारा न्युनीकरण गर्ने हेतुले उक्त सेवा संचालनमा ल्याएको मर्चांन्ट एक्युजिसनका वरिष्ठ अधिकारी, हरुन राईले वताए ।
आवेदकले सिटिइभिटी को आधिकारीक वेबसाइट बाट पनि छात्रवृत्ति फारम भरि शुल्क खल्ती बाट भुक्तानी गर्न सक्ने पनि उल्लेख गरिएको छ ।
१९ लाख भन्दा बढी प्रयोगकर्ताहरु भएको खल्तीले विगत चार वर्ष भन्दा बढी समयदेखि नेपाली समाजलाई डिजिटाइज गर्न निरन्तर रुपमा योगदान पुर्याउदै आइरहेको छ। ’खल्ती’ वालेटको प्रयोग गरी ६० भन्दा बढि बैंकहरुमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा टिभीको बिल भुक्तानी, फिल्म, प्लेन, फोहोर व्यवस्थापन शुल्क, ई–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन कम्पनीले जानकारी दिएको छ ।