२०८३ साउन १५ शुक्रबार

खनाखत गर्न नेपालसहितका नेता निर्वाचन आयोगमा

ई आर्थिक    बुधबार, भाद्र ९ २०७८
4.5K
Shares
खनाखत गर्न नेपालसहितका नेता निर्वाचन आयोगमा

ई–आर्थिक, काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) दल दर्ता प्रक्रिया पूरा गर्न निर्वाचन आयोगमा एकत्रित भएको छ । नेता नेपालसहितका उनका सहयोगीहरू सो प्रयोजनका लागि आवश्यक दस्तावेजका साथ सनाखत गर्न आयोग पुगेका छन् । यसअघि नेपालसहितका नेताले आयोगमा नयाँ दल दर्ताका लागि आवेदन गरेका थिए ।

आयोगले आवेदन गरेका सबैलाई सनाखतका लागि आज बोलाएको थियो ।

प्रस्तावित दलका नेता जगन्नाथ खतिवडाले दल दर्ताका निम्ति गणपूरक सङ्ख्या पुग्ने सदस्यहरूका साथ आफूहरू आयोगमा उपस्थिति भएको बताए । उनीहरुका साथमा प्रदीपकुमार नेपाल पनि सहभागी थिए । झलनाथ खनालले दिल्लीबाटै सनाखत गरेका छन् ।

यसैगरी महन्थ ठाकुर नेतृत्वको प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीका आवेदनकर्ताहरू पनि सनाखतका लागि आयोगमा उपस्थिति भएका छन् । ठाकुर नेतृत्वको पार्टीले ३० सदस्यीय कार्यसमिति प्रस्ताव गरेको नेता राजेन्द्र महतोले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij