२०८३ साउन १५ शुक्रबार

नबिल बैंक र मुक्तिनाथ विकास बैंक बीच व्यापार सम्झौता

ई आर्थिक    आइतबार, भाद्र ६ २०७८
7.2K
Shares
नबिल बैंक र मुक्तिनाथ विकास बैंक बीच व्यापार सम्झौता

ई–आर्थिक, काठमाडौं । नबिल बैंकले मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई आवश्यकता पर्ने गैर कोषमा आधारित बैंकिङ सुबिधाहरु उपलब्ध गराउन व्यापारिक सम्झौता गरेको छ ।

यस सम्झौता अन्तर्गत मुक्तिनाथ विकास बैंक लिमिटेड ग्राहकहरुले नबिल बैंकमार्फत लेटर अफ क्रेडिट, डकुमेन्ट एगेन्स्ट पेमेन्ट (डीएपी), डकुमेन्ट एगेन्स्ट एसेप्टेन्स (डीएए), लोकल बैंक ग्यारेन्टी आदि सुबिधाहरु उपभोग गर्न सक्नेछन । यस सहकार्यबाट मुक्तिनाथ विकास बैंकको ग्राहकहरुले आधुनिक बैंकिङ सुविधाहरु उपभोग गर्ने अवसर प्राप्त गर्नेछन् ।

साथै यस सम्झौता पश्चात दुइ बैंक बीच निक्षेप, रेमिट्यान्स, निर्देशित क्षेत्रमा लगानी, सह–वित्तीयकरण कर्जा, बिदेशी मुद«ा सम्बन्धि अन्य कारोबार समेत अगाडी बढाउने लक्ष्य राखिएको छ ।

साझेदारीको बारेमा बोल्दै, नबिल बैकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने ‘नबिल बैंकले यस सहकार्यको माध्यमबाट मुक्तिनाथ विकास बैंकको ग्राहकहरुलाई विस्तारित बैंकिङ सुबिधा प्रदान गर्न पाउँदा खुसी छौ । यस व्यापार सम्झौता अन्तर्गत रहेर मुक्तिनाथ विकास बैंकको बैंकिङ साझेदार हुन पाउँदा नबिल बैंक उत्साहित छ र दुबै बैंकका ग्राहकहरुलाई उत्कृस्ट बैंकिङ सेवासुविधा प्रदान गर्नको लागि नबिल बैंक तत्पर छ ।’

नबिल बैंकसँग भएको यस सम्झौताले मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले आउदा दिनहरुमा प्रतितपत्र, बैंक जमानत, डिमाण्ड ड्राफ्ट लगायतका बैदेशिक व्यापारमा प्रयोग हुने विभिन्न उपकरणहरु मुक्तिनाथ विकास बैंकका शाखाहरुबाटनै प्राप्त गर्ने भएकाले बैदेशिक व्यापारमा संलग्न ग्राहकहरुलाई समग्र बैकिङ सेवा लिन सुविधा पुग्ने कुरा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले जानकारी गराउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij