२०८३ भाद्र २५ बिहिबार

श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीको सदस्य सेवा केन्द्र भक्तपुरको सूर्यविनायकमा

ई आर्थिक    शनिबार, भाद्र ५ २०७८
12K
Shares
श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीको सदस्य सेवा केन्द्र भक्तपुरको सूर्यविनायकमा

ई–आर्थिक, भक्तपुर । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो भक्तपुर स्थित सूर्यविनायकको पाण्डु बजारमा सदस्य सेवा केन्द्र विस्तार गरेको छ । संस्थाको यो छैठौं सदस्य सुबिधा केन्द्र हो ।

उक्त सेवा केन्द्रको उद्घाटन संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले एक कार्यक्रम बीच गरे । उद्घाटन कार्यक्रममा अध्यक्ष श्रेष्ठले देशकै सबैभन्दा ठूलो सहकारीको रुपमा परिभाषा दिन र देशभरका जनतालाई सर्वसुलभ सुबिधा उपलब्ध गराउन सदस्य सुविधा काउन्टर थप गरेको जानकारी दिए ।

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको सहकारी क्षेत्रको समग्र विकासमा सदस्य सुविधा काउन्टर थप गरिरहेको बताए ।

संस्थाले यसअघि संस्थाको ललितपुर चापागाँउ, काठमाडौंको चाबहिल, न्यूरोड, भक्तपुरको कौशलटार र चितवनको पर्सामा सदस्य सुविधा काउन्टर संचालन गरिसकेको छ ।

आगामी दिनमा समेत संस्थाले थप सेवा केन्द्र विस्तार गरी सेवालाई देशभर पु¥याउने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij