२०८३ साउन ९ शनिबार

हाइटीमा ७.२ रेक्टर स्केलको शक्तिशाली भूकम्प, ३ सयभन्दा बढीको मृत्यु पृष्टि

ई आर्थिक    आइतबार, साउन ३१ २०७८
9.4K
Shares
हाइटीमा ७.२ रेक्टर स्केलको शक्तिशाली भूकम्प, ३ सयभन्दा बढीको मृत्यु पृष्टि

ई–आर्थिक, काठमाडौँ : हाइटीमा शनिबार गएको ७.२ रेक्टर स्केलको शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको संख्या ३ सय ४ जना मानिसको मृत्यु भएको छ । सो भूकम्पमा परी ठूलो संख्यामा घाइते भएका छन् । अन्तर्राष्ट्रिय समाचार माध्यमका अनुसार सो भुकम्पमा परी मृत्यु हुनेको संख्या अझै बढ्ने र २ हजारको हाराहारी घाइते भएको उल्लेख गरेका छन् ।

हाइटीको सेन्ट लुईस डू सुड सहरदेखि १२ किलोमिटर नजिकै केन्द्रविन्दू भएर भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले पुष्टि गरेको छ ।

भूकम्पका कारण त्यहाँको पश्चिम क्षेत्रका धेरै संरचना, होटल तथा चर्चहरुमा क्षति भएको छ ।

सो भुकम्पबाट ठूलो क्षति भएपछि त्यहाँका प्रधानमन्त्री एरियल हेनरीले एक महिने लामो संकटकालको घोषणा गरेका छन् ।

हाइटी सन् २०१०को भूकम्पबाट भर्खरै तंग्रिदै गरेको अवस्थामा पुनःअर्को ठूलो भूकम्प आएको हो । शक्तिशाली सो भुकम्पमा परी त्यसबेला २ लाख मानिसले ज्यान गुमाएका थिए ।
यसपटकका थप भुकम्पले त्यहाँको अवस्था झनै नाजुक भएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले हाइटीलाई आफत्कालीन अमेरिकी सहयोगको स्वीकृति दिएका छन् । अन्य मुलुकहरु समेतले सहयोगको चासो देखाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij