ई–आर्थिक, काठमाडौं । एन आई सी एशिया बैंक २४ वर्ष अघि आजकै दिनमा सबै सरोकारवालाहरूको पहिलो रोजाइको बैंक बन्ने संकल्पका साथ शुरु भएकोे थियो ।
आजसम्म आइपुग्दा बैंक अतुलनीय सहयात्राको फलस्वरुप आज देशकै सबैभन्दा ठूलो एवं सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक भएको बैंकले दाबी गरेको छ ।
आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रयमाससम्म आईपुग्दा वासलातको आकार, कर्जा प्रवाह, निक्षेप, स्वपुँजीमा प्रतिफल, शाखा सञ्जाल तथा एटिएमको संख्या लगायतका अधिकांश प्रमुख वित्तीय एवं गैर वित्तीय परिसूचकहरूमा देशकै सर्वोत्कृष्ट बैंक बन्न हामी सफल भएको बैंकको भनाई छ ।
यस दौरानमा बैंकलाई सदैब साथ दिई तथा हामी प्रति अगाध स्नेह एवं भरोसा दर्शाइ आ–आफ्नो स्थानबाट अतुलनीय योगदान गरी सबैको ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बनाइदिनुहुने हाम्रा समस्त ग्राहकवर्ग, नियमनकारी निकायहरू, शेयरधनीहरू, कर्मचारीहरू लगायत हजुर सबै सरोकारवालाहरू प्रति अत्यन्त अनुग्रहीत रहँदै सबैमा बैंक परिवारले सादर नमन गरेको छ ।
नेपालको वित्तीय क्षेत्रमा आज हामी जहाँ छौं, जे छौं र जस्तो आकारका छौं त्यसको सम्पूर्ण श्रेय स्वभाविक रुपमा यहाँहरूलाई नै जान्छ । साथै, भविष्यमा अझ उन्नतस्तरको ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्न र सबैले गर्व गर्न सक्ने स्तरको सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै सबैको पहिलो रोजाइको बैंक बन्न मन, वचन र कर्मले सदा सर्वदा लागि पर्ने संकल्प गर्दछौं ।
२४ वर्षसम्ममा आइपुग्दा हामी मुलुकभर फैलिएको देशकै सबैभन्दा ठुलो सञ्जाल मार्फत ३५६ शाखा, ७० विस्तारित काउण्टर, ८१ शाखा रहित बैंकिङ्ग सेवा तथा ४७१ एटिएम मार्फत आफ्ना २७ लाख ३६ हजार भन्दा बढी निक्षेप खाता एवं ९१ हजार भन्दा बढी कर्जा खाता गरी २८ लाख २७ हजार भन्दा बढी खाताहरु मार्फत ग्राहक महानुभावहरू माझ गुणस्तरिय सेवा प्रवाह गर्न सफल भएका छौं । साथै २४ वर्षको अवधिमा आफ्नो शेयरधनी महानुभावहरुको अप्टिमम वेल्थ म्याक्सिमाइजेशन गरी लगानीमा उच्चतम प्रतिफल प्रदान गर्न बैंक सफल भएको बताएको छ ।
सर्वसाधारण शेयरधनीको सुरुवाती एक कित्ता पब्लिक शेयरको मूल्य हाल रु १३ हजार ६ सय ६२ हुन पुगेको छ, जुन सुरुवाती लगानी रकमको करिब १ सय ३६ गुणाको वृद्धि हो ।
त्यसैगरी देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु¥याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा गरी प्रत्यक्ष र अप्रत्यक्ष रु १५ अर्ब ७३ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गर्न हामी सफल भएका छौं ।
बैंकिङ्ग क्षेत्रमा पृथक रणनीति अवलम्बन गरी यस बैंकले ग्राहक महानुभावहरू समक्ष सहज एवं गतिशीत माध्यमबाट विश्वसनीय तथा ग्राहकमैत्री सेवा तथा सुविधाहरू उपलब्ध गराउँदै आइरहेका बैंकले जनाएको छ । हामीले अवलम्बन गरेको कुशल रणनीति तथा प्रदर्शन गरेको व्यवस्थापकीय कार्य कौशलताको फलस्वरुप कोभिड–१९ बाट सृजित असहज परिस्थितिमा समेत यस बैंकले आ.व. २०७७/७८ मा कर्जातर्फ ५२ प्रतिशत (रु ८९ अर्ब ४१ करोड) तथा निक्षेपतर्फ ४२ प्रतिशत (रु ८८ अर्ब ९६ करोड) वृद्धि गर्न हामी सफल भएका छ ।
कर्जा तथा निक्षेप वृद्धिमा हामीले हासिल गरेको वार्षिक वृद्धि रकम नेपालको बैंकिङ्ग इतिहासकै ऐतिहासिक र सर्वाधिक धेरै हो । आ.व. २०७७/७८ मा समग्र बैंकिङ्ग क्षेत्र तर्फको कर्जा तथा स्वदेशी निक्षेपको वार्षिक वृद्धि रकमको क्रमशः १२.६६ प्रतिशत तथा १३.५८ प्रतिशत बजार हिस्सा हासिल गर्न हामी सफल भएको बैंकले जनाएको छ ।
गौरवमय २४ औं वर्षमा प्रवेश गरेको यस अवसरमा हामीले आफ्ना ग्राहक महानुभावहरू माझ विद्युतीय भुक्तानीमा २४ प्रतिशतसम्मको क्यासब्याक योजना समेत ल्याएका छौं । जस अन्तर्गत यस बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोग गरी पोउस तथा ई–कमर्समा भुक्तानी गर्दा तथा एन आई सी एशिया मोबैंक मार्फत क्यू आर स्क्यान गरी भुक्तानी गर्दा २४ प्रतिशत वा अधिकतम रू. ५०० सम्म क्यासब्याक योजना प्राप्त गर्न सकिने व्यवस्था गरेको छ ।
वार्षिक उत्सवको अवसरमा श्रावण ७ गते कार्ड वा एन आई सी एशिया मोबैंकबाट कारोबार गर्ने पहिलो १,००० (एक हजार) ग्राहक महानुभावहरूले यस सुविधा प्राप्त गर्न सक्नुहुनेछ ।
बैंकले हाल डिजिटल फस्र्टको रणनीति अङ्गीकार गर्दै डिजिटल माध्यमलाई पहिलो प्राथमिकता दिई आफ्ना बैंकिङ्ग सेवा तथा सुविधाहरू प्रदान गर्दै आइरहेकोमा यसलाई थप विस्तारित बनाउँदै जुनसुकै स्थानबाट, जुनसुकै समयमा पनि बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले सेल्फ हेल्प तथा लाइफ स्टाइल बैंकिङ्गको अवधारणा अङ्गीकार गर्ने रणनीति अख्तियार गरेका छ ।
बैंकले डिजिटल पूर्वाधारहरूमा पर्याप्त लगानी गरी एक मूलभूत आधारशिला तयार गरिसकेकोले आ.व. २०७८/७९ मा ठोस डिजिटल रुपान्तरणको लक्ष्य लिई हामी अघि बढेको बैंकको भनाई छ ।
मुलुकको वृहत्तर हित र सर्वाङ्गीण विकास तथा नेपाल सरकारले लिएको वित्तीय समावेशीकरणको लक्ष्य हासिल गर्नको लागि ठोस टेवा पु¥याउने उद्देश्यले बैंकले अन्य बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेका दुर्गम जिल्लाहरू मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान आदि तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरूको उपस्थीति नरहेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा समेत शाखा सञ्जाल विस्तार गरी वित्तीय पहुँच विस्तारमा समेत गर्न उल्लेख्य योगदान पु¥याएको बैंकले जनाएको छ ।