२०८३ साउन १४ बिहिबार

नुवाकोटमा कोरोनाको ‘डेल्टा प्लस’ भेरिएन्टका संक्रमित भेटिए, बढी असरदार हुने डेल्टा प्लसबाट बालबालिकादेखि वृद्धवृद्धासम्म जोखिममा

ई आर्थिक    शनिबार, असार २६ २०७८
2.7K
Shares
नुवाकोटमा कोरोनाको ‘डेल्टा प्लस’ भेरिएन्टका संक्रमित भेटिए, बढी असरदार हुने डेल्टा प्लसबाट बालबालिकादेखि वृद्धवृद्धासम्म जोखिममा

कृष्ण थापा, नुवाकोट । नुवाकोट जिल्लामा कोरोना भाइरसको ‘डेल्टा प्लस’ भेरिएन्टका संक्रमित भेटिएका छन् । जिल्ला अस्पताल त्रिशूलीले ४ वटा पीसीआर नमुनाहरु राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमार्फत अन्तर्राष्ट्रिय प्रयोगशाला पठाइएकोमा एउटामा कोरोना डेल्टा प्लस भेरिएन्ट देखिएको जानकारी दिएको छ ।

कोरोना डेल्टा भेरिएन्ट ६० देखि सतप्रतिशत बढी संक्रामक हुने यो भेरिएन्टबाट बालबालिकादेखि वृद्धवृद्धासम्मका सबै उमेर समूहलाई उच्च संक्रमण गर्ने र बढी फोक्सोलाई असर पार्ने स्वास्थ्य विज्ञहरुको बताएका छन् ।

पहिलो लहरमा भेटिएको कोरोना अल्फा भेरिएन्ट र दोस्रो लहरमा भेटिएको डेल्टा भेरिएन्टभन्दा यो धेरै असरदार भएकाले पनि सचेत रहन विज्ञहरुले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij