२०८३ साउन ९ शनिबार

जुवा तास खेलिरहेको अवस्थामा ठूलो संख्यामा जुवाडे पक्राउ, ११ जना जुवाडेबाट सात लाख नगद बरामद

ई आर्थिक    बुधबार, असार २३ २०७८
10.3K
Shares
जुवा तास खेलिरहेको अवस्थामा ठूलो संख्यामा जुवाडे पक्राउ, ११ जना जुवाडेबाट सात लाख नगद बरामद

ई–आर्थिक, काठमाडौं । जुवा तास खेलिरहेको अवस्थामा ठूलो संख्यामा जुवाडे पक्राउ परेका छन् । झापाको दमकबाट ११ जुवाडेबाट प्रहरीले सात लाख भन्दा बढी नगद समेत बरामद गरेको छ । दमक–८ स्थित थिरराज खतिवडाको घरमा ठूलो संख्यामा जुवाडेहरु तास खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीसहितको टोलीले छापा मारेर ११ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताउनुभयो ।

प्रहरीले पक्राउ परेका साथबाट छ बुक ताससहित रु सात लाख ४५ हजार ५०० समेत बरामद गरेको उहाँले जानकारी दिनुभयो । यसरी पक्राउ पर्नेमा २९ वर्षीय घरधनी खतिवडासहित दमक–१ का ५४ वर्षीय नरेन्द्र थापा, सोही वडाका २३ वर्षीय नरेन्द्र लिम्बू, दमक–२ का ४३ वर्षीय हर्क धिमाल, दमक–६ का ३१ वर्षीय चन्द्र लिम्बू, दमक–७ का ४० वर्षीय कृष्ण खतिवडा, दमक–९ का ३७ वर्षीय सुरेन्द्र श्रेष्ठ र दमक–८ का ४४ वर्षीय पूर्णप्रकाश रिजाल रहेका छन् ।

त्यसैगरी सोही वडाका २८ वर्षीय सुशन रिजाल, दमक–७ कै ३८ वर्षीय कुलराज खड्का र इलाम चुलाचुली–६ का ३७ वर्षीय हर्क लिम्बू रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेकालाई इलाका प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij