ई–आर्थिक, काठमाडौं । सिभिल बैंक लिमिटेडको २०७८ जेष्ठ २७ मा बसेको संचालक समितिको ३४५औं बैठकले बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुनिल कुमार पोखरेललाई नियुक्त गरिएको छ । २०७८ असार १८ गतेदेखि लागू हुने गरी आगामी चार वर्षको लागी उहाँलाई सीईओमा नियुक्त गरिएको हो ।
उहाँ २०७८ बैशाख १८ गते देखि का.मु. प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत हुनुहुन्थ्यो । विगत दुई वर्षदेखि सिभिल बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत हुनुहुन्थ्यो । बैंकमा उहाँले अबदेखि प्रमुख कार्यकारी अधिकृतको पदभार सम्हाल्नु भएको छ ।
नेपालका विभिन्न बैंकहरु (स्ट्याण्डर्ड चाटर्ड नेपाल बैंकमा १६ वर्ष, एन.आइ.सी एशीया बैंकमा साढे ५ वर्ष, नविल बैंकमा १ वर्ष र पछिल्लो २ वर्ष सिभिल बैंक) मा २४ को वर्षको अनुभव र नेपाल बाहिर विभिन्न अन्तराष्ट्रिय बैंकहरु (स्ट्याण्डर्ड चाटर्ड बैंक, अफगानिस्तानमा साढे ३ वर्ष, म्यानमारको यूनाईटेड अमारा बैंकमा १ वर्ष र म्यानमारको एजीडी बैंकमा १ वर्ष)मा ६ वर्ष समेत गरीे कुल तीन दशक लामो बैकिंग अनुभव रहेको छ ।
डिजिटलाईजेसनको माध्यमबाट कर्मचारीहरुको कार्य क्षमतामा अभिवृद्वि गर्दै कागजरहित बैंकको रुपमा अग्रसर हुँदै तथा ग्राहकमैत्री विविध नवीन योजनाहरु ल्याउँदै बैंकले व्यवसायको आयतनमा व्यापक वृद्धि गरी शेयर होल्डरलाई उचित प्रतिफल प्रदान गर्ने कुरा बैंकका नव नियूक्त प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताउनुभयो ।
उहाँसँग विगत तीन दशकको देश तथा विदेशमा बैंक वित्तीय क्षेत्रमा सँगालेको अनुभवले सिभिल बैंकलाई नयाँ उचाईमा पु¥याउने कुरामा आफू विश्वस्त रहेको कुरा सिभिल बैंकका अध्यक्ष इच्छा राज तामाङ्गले वताउनुभयो । साथै बैंकले चालु आ.व.मा व्यवसायिक आकारमा राम्रो प्रगति रहेको तथा आगामी दिनहरुमा समेत निरन्तर प्रगतिका साथ अगाडि बढनेमा विश्वस्त रहेको पनि जानकारी दिनुभयो ।
यस सिभिल बैंकले चालु आर्थिक वर्षको जेष्ठ मसान्त सम्म रु. ८८.९४ अर्वको निक्षेप र रु. ८३.६० अर्वको कर्जा विस्तार गर्न सफल भएको छ ।