२०८३ साउन २२ शुक्रबार

माथिल्लो तामाकोसीको अन्तिम परीक्षण सफल, सोमबारदेखि बिजुली उत्पादन

ई आर्थिक    बुधबार, असार १६ २०७८
5.5K
Shares
माथिल्लो तामाकोसीको अन्तिम परीक्षण सफल, सोमबारदेखि बिजुली उत्पादन

काठमाडौं : स्वदेशी लगानीमा सबैभन्दा ठूलो जलविद्य‌ुत आयोजना माथिल्लो तामाकोसीको अन्तिम परीक्षण सफल भएको छ र सोमबारदेखि बिजुली उत्पादन हुने भएको छ।

४५६ मेगावाट विजुली उत्पादन गर्ने यो आयोजनाबाट पहिलो चरणमा पहिलो युनिटबाट ७६ मेगावट उत्पादन गरिनेछ। उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि खिम्ति सवस्टेशनमा तार तान्‍ने काम पनि भइसकेको छ। आयोजनाबाट उत्पादित विद्युत गोंगर-खिम्ती-ढल्केबर २२० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह गरिने छ ।

नेपाल विद्य‌ुत प्राधिकरणले आयोजनाबाट २१ असार सोमबारदेखि पहिलो युनिटबाट विद्युत उत्पादन सुरु गर्ने तालिक तय गरेको छ । ७६ मेगावाटका छ वटा युनिट छन् यो आयोजनामा । पहिलो युनिटबाट विद्युत उत्पादन भएपछि बाँकी युनिटहरुबाट क्रमश विद्युत उत्पादन हुनेछ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवम् अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका अध्यक्ष हितेन्द्रदेव शाक्य, प्रधानमन्त्रीका विकास विज्ञ गजेन्द्र थपलियासहितको टोलीले गत आइतबार र सोमबार आयोजना निर्माणस्थलको अनुगमन गरेको थियो। त्यसपछि पहिलो युनिटबाट सोमबारबाटदेखि विद्युत उत्पादनको तालिका तय गरिएको हो।

टोलीले विद्युतगृहको प्राविधिक परीक्षण, बाँधस्थल, रामेछापको खिम्तीमा निर्माणाधीन २२० को न्यू खिम्ती सबस्टेसनलगायतको अनुगमन गरी निर्माणमा संलग्न अधिकारीहरुसँग अन्तरक्रिया पनि गरेको थियो। आयोजनाका बाँध र इन्टेक लगायतका भौतिक संरचनाहरु र त्यहाँ जडान गरिएका गेट, स्टपलग जस्ता हाइड्रोमेकानिकल उपकरणहरुको सबै प्रकारका परीक्षणहरु सफलतापूर्वक सम्पन्न भइसकेका छन्।

स्वदेशी लगानीमा निर्माण भएको माथिल्लो तामाकोसी सबैभन्दा ठूलो आयोजना हो। दोलखास्थित यस आयोजनाबाट ४५६ मेगावाट विजुली उत्पादन हुनेछ। आयोजनामा विभिन्न युनिटमा ७६ मेगावाट क्षमताको ६ वटा टर्वाइन जडान गरिएको छ । आगामी असार मसान्त भित्रमा ३ वटा युनिटबाट ७६ मेगावाटका दरले २२८ मेगावाट विद्युत उत्पादन सुरु गर्ने लक्ष्य रहेको छ। निर्माण सकिएपछि गत वैशाखको दोस्रो हप्तादेखि नै माथिल्लो तामाकोसीको जलाशय भरेर परीक्षण सुरू गरिएको समाचार आजको अन्नपूर्ण पोष्टले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij