ई–आर्थिक, बिर्तामोड । झापाको बिर्तामोडमा रहको शिखर बचत तथा ऋण सहकारी संस्थामा सदस्य बन्न अब घरमै बसेर अनलाइन खाता खोल्न सकिने सुविधा उपलब्ध भएको छ । २१ औं शताव्दी सुहाउँदो प्रविधिमा आधारित सेवा प्रदान गर्दै आएको यो संस्थाले निषेधाज्ञा पछि संस्थामा प्रविधिलाई झन् आक्रमक रुपमा भित्र्याएको छ ।
यसैक्रममा उक्त सुविधा पनि भित्र्याएको संस्थाले जानकारी दिएको छ । यसअघि पनि संस्थाले सदस्यहरुलाई प्रविधिमा आधारित थुप्रै सेवाहरु प्रदान गरिसकेको छ । १० बर्षअघि देखि सञ्चालनमा आएको यो संस्था झापामै सक्रिय र उत्कृष्ट संस्थाको रुपमा स्थापित छ ।
देश तथा विदेशमा बसेर नै शिखरको सदस्य बन्न सकिने साथै विदेशमा नै बसेर आफ्नो खातामा रहेको पैसाको जानकारी आफूले लिन सकिने संस्थाका अध्यक्ष दिपेन्द्र राउतले जानकारी दिए । त्यसैगरी आफु्नो खातामा भएको रकमबाट स्वदेशमा आफन्तलाई भुक्तानी समेत दिन सकिने उनले जानकारी दिए ।
विदेशको कमाई स्वदेशमा बचत गर्न शिखर साकोस उत्तम संस्था रहने संस्थाका आइटी संयोजक किरण पौडेलले बताए । प्रविधिमा अब्बल र सुरक्षित रहेको संस्थाले जनाएको छ ।
संस्थाले खाता खोल्ने मात्र नभएर पुराना सदस्यहरुले घरमा नै बसेर आफ्नो सम्पूर्ण जानकारी सदस्य पहिचान फारम (केवाइएम) भर्न सकिने जनाएको छ ।
जिल्लामा नै पहिलोपटक शिखर साकोसले यो प्रविधी सुरु गरेको संस्थाका अध्यक्ष राउतको भनाई छ ।
संस्थाको वेवसाइट www.shikharcoop.com र मोबाइल एप्सShikhar mBank प्रयोग गरेर संस्थामा रियल टाइममा खाता खोल्न र सदस्य पहिचान फारम भर्न सकिने संस्थाले जनाएको छ ।
विगत २ वर्षदेखि काठमाडौँस्थित प्रिमियम टेक्नोलोजी कोर बैंकिङ सलुसन प्रयोग गरिरहेको शिखर साकोसले नयाँ सेवा सुविधा थप गर्न सकिएको संस्थापक मोहन बनको भनाइ छ । हाम्रो टेक्नोलोजीको सहकार्यमा सञ्चालित शिखर एम बैंक मोबाइल बैकिङ धेरै अपडेट सुविधाजनक रहेको पौडेलले जानकारी दिए ।
प्रविधिमा नयाँ परिवर्तन नै मुख्य कुरा रहेकाले लकडाउनमा कम्पनीले सहकारीको क्षेत्रमा नयाँनयाँ धेरै सेवा सुविधा थप गरेको हाम्रो टेक्नोलोजीका संस्थापक सिबिओ सञ्जय महासेठले बताए ।
बैंकबाट सहकारीमा, सहकारीबाट बैंकमा रियल टाइम बैंक ट्रान्सफर सेवा, कार्डलेस एटिएम सेवा, वालेट लोड लगायलका सेवा संस्थाले प्रदान गर्दै आएको छ । लकडाउनमा सदस्यहरुलाई घरमै सुरक्षित रहेर शिखर एम बैंक प्रयोग गर्न समेत अनुरोध गरेको छ