२०८३ भाद्र २५ बिहिबार

सहकारी अभियानका अगुवा राजेशहरि जोशीको निधन, पुरै सहकारी क्षेत्र स्तब्ध

ई आर्थिक    सोमबार, जेष्ठ ३१ २०७८
15.7K
Shares
सहकारी अभियानका अगुवा राजेशहरि जोशीको निधन, पुरै सहकारी क्षेत्र स्तब्ध

ई–आर्थिक, काठमाडौं । सहकारी अभियानका अगुवा राजेशहरि जोशीको निधन भएको छ । ६६ बर्षको उमेरमा उनको असामयिक निधन भएको हो ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडका संस्थापक अध्यक्ष समेत रहेका जोशी सहकारी संस्थालगायत सहकारीका विभिन्न छातासंस्थाहरुको महत्वपूर्ण पदहरुमा रहेर कार्य गर्दै आएका थिए ।

जोशी ललितपुरको गाःबहालमा अन्य लब्धप्रतिष्ठित व्यक्तिहरुसमेत सञ्चालक रहेको समूदायमा आधारित नेशनल डेभलपमेन्ट को–अपरेटिभ सोसाइटी लिमिटेडको कार्यकारी अध्यक्ष थिए ।

त्यसैगरी जोशी जिल्ला सहकारी संघ लिमिटेड ललितपुरका सल्लाहकार, नेशनल को–अपरेटर्स एलाइन्सका सह–अध्यक्षलगायत दर्जन जति प्राराम्भीक सहकारी संस्थाको सल्लाहकार थिए ।

उनी हेटौंडामा मूख्य कार्यालय रहेको तत्कालिन वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको संस्थापक सञ्चालक समेत हुन । उक्त फाइनान्स स्थापनमा उनको ठूलो भूमिका थियो । त्यस्तै हेटौंडामै रहेको मकवानपुर बचत तथा ऋण सहकारी संस्था समेत उनकै पहलमा स्थापना भएको थियो ।

दुई दशक भन्दा बढी समयदेखि सहकारी क्षेत्रमा क्रियाशिल जोशीले सहकारी अभियानका हरेक गतिविधिमा सक्रिय योगदान पु¥याउँदै आएका थिए । समाजसेवाका क्षेत्रमा समेत उनको नाम अग्रपंक्तिमा रहेको । उनको निधनको खबरले पुरै सहकारी क्षेत्रलाई नै स्तब्ध बनाएको छ । फेसबुकलगायतका विभिन्न सामाजिक सञ्जालहरूमा उनको अकल्पनीय निधनको खबरले छाएको छ । जोशीको निधनले सहकारी अभियानमै अपुरणीय क्षति भएको प्रतिक्रिया दिइरहेका छन् ।

कोरोना संक्रमणको भएले आवत जावतमा भएको अफ्ठ्यारोका कारण अभियानका अधिकांश अगुवाहरुले सामाजिक सञ्जाल मार्फत नै श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij