काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँ पुगेको छ।
बुधबार प्रतितोला ३ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार ३ हजार ४ सय रुपैयाँले बढेको हो।
त्यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ। बुधबार प्रतितोला ३ हजार ७ सय ५० रुपैयाँ रहेको चाँदी बिहीबार ४ हजार ८ सय ५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १ सय ५ रुपैयाँले बढेको हो।