२०८३ साउन ९ शनिबार

दोस्रो लहर चलेसँगै भारतमा ५९४ चिकित्सकको निधन, कुन प्रदेशमा कतिको निधन (तथ्यांक सहित)

ई आर्थिक    बुधबार, जेष्ठ १९ २०७८
4K
Shares
दोस्रो लहर चलेसँगै भारतमा ५९४ चिकित्सकको निधन, कुन प्रदेशमा कतिको निधन (तथ्यांक सहित)

ई–आर्थिक, काठमाडौं । भारतमा कोरोना संक्रमणका कारण ५९४ जना चिकित्सकको ज्यान गएको छ । कोरोना भाइरस महामारीको दोस्रो लहरसँगै भारतमा हालसम्म सो संख्यामा चिकित्सकको ज्यान गएको हो ।
उक्त कुरा इन्डियन मेडिकल एसोसिएशनलाई उद्धृत गर्दै समाचार संस्था एएनआईले जनाएको छ ।

भारतको राजधानी दिल्लीमा मात्रै यो लहरमा १०७ जना चिकित्सकको निधन भएको छ । त्यस्तै उत्तर प्रदेशमा ६७ चिकित्सकको ज्यान गएको छ ।

भारतमा पछिल्लो केही दिनयता कोरोना भाइरसको संक्रमण कम हुँदै गएको छ । तर जोखिम भने अझै उच्च रहेको विज्ञले बताउँदै आएका छन् ।

यति ठूलो संख्यामा चिकित्सकहरुले नै ज्यान गुमाउनु परेपछि भारत सरकारले दुःख व्यक्त गरेको छ । दिल्ली स्थित सरकारले त कोरोना भाइरस संक्रमणबाट निधन हुने चिकित्सकको परिवारलाई १ करोड प्रोत्साहन रकम दिने समेत घोषणा गरेको छ ।

कुन प्रदेशमा कति चिकित्सकको निधन 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij