२०८३ साउन ९ शनिबार

अन्तर्राष्ट्रिय उडान केही खुकुलो हुँदैं, तीन देशमा नियमित उडानको तयारी

ई आर्थिक    बुधबार, जेष्ठ १९ २०७८
8K
Shares
अन्तर्राष्ट्रिय उडान केही खुकुलो हुँदैं, तीन देशमा नियमित उडानको तयारी

ई–आर्थिक, काठमाडौं । सरकारले तीन देशमा नियमित उडानको अनुमति दिएको छ । चीन, कतार (दोहा) र टर्कीको इस्तानबुलमा नियमित उडान गर्न अनुमति दिएको हो । उडान अनुमतिसँगै ती कम्पनीको उडान तालिका पनि तयार भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार इस्तानबुल र दोहा उडानका लागि नियमित उडानको तालिका तयार गरेको हो । तीन मध्ये टर्किश एयरलाइन्सले भोलि अर्थात् बिहीवारदेखि नियमित उडान शुरू गर्ने भएको छ । त्यसैगरी कतार एयरलाइन्सले भने आगामी सोमवारदेखि काठमाडौं–दोहा उडान गर्ने समय तालिका पाएको छ ।

टर्किश एयरलाइन्सको विमान बिहान ९ बजे नेपाल आउने र सोही दिनको बिहान ११ बजे नै फर्कने तालिका तयार भएको प्राधिकरणले जानकारी दिएको छ ।

तर, तीन देशमध्ये चीनतर्फको उडानका लागि चिनियाँ एयरलाइन्स र नेपालको निजी विमान कम्पनी हिमालय एयरलाइन्सले हालसम्म काठमाडौं–चीन उडानका लागि आवेदन दिएका छैनन् । सरकारको निर्णयसँगै चीन र हिमालय एयरलाइन्ससँग पनि उडानको आवेदन दिन अनुरोध गरिएको छ । तर ती एयरलाइन्सले चीन उडानको लागि तालिका अन्तिम निर्णय दिएका छैनन् ।

नेपालले उडानको लागि अनुमति दिएपनि चीनले अहिले उडानमा निकै कडाइ गरेको छ । यसरी त्यसतर्फको उडानका लागि आवेदन नपरेको हुन सक्ने प्राधिकरणको आकलन छ । त्यसैगरी नेपाल एयरसलाइन्सले पनि नियमित उडानका लागि अनुमति पाएको छ । हाल चार्टर उडान गर्दै आएको नेपाल एयरलाइन्सले दोहाका लागि नियमित उडान गर्ने अनुमति पाएको हो ।

उसले सोमवार राति ११ बजे उडान गर्ने र मंगलवार बिहान नेपाल फर्कने गरी तालिका पाएको प्राधिकरणले जानकारी दियो ।

सरकारले वैशाख २३ गते मध्यरातदेखि अन्तरराष्ट्रिय उडानमा रोक लगाएको थियो । कार्गो, चार्टर उडान र भारतमा साताको २ ओटा उडान गर्न भने यथावत् राखिएको थियो । त्यसको झन्डै १ महीनामा सरकारले ती तीन मुलुकमा नियमित उडान गर्न दिने निर्णय गरेको थियो ।

यात्रुहरुको अलमलका बीच नियमित उडानमा एयरलाइन्सहरु केही अलमलमा परिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij