ई–आर्थिक, काठमाडौं । नेपालको पहिलो सीपीभीसी पाइप्स र फिटिंग्स् उत्पादक तथा नेपालको पोलीमर पाइपिंग प्रणालीका अग्रणी उत्पादक र नियार्तकर्ता मंगलम इन्डष्ट्रिज प्रालिले मंगलम केयर नामक आहवान्को सुरुवात गरेको छ ।
अहिले कोरोनाको यो दोस्रो लहरले सम्पूर्ण देशको जनमानसमा त्रासको भावनासिर्जना गरेको छ र दिनहुँ नै सयौँ भन्दा बढी नेपालीहरु दिवंगत हुन पुगिरहेका छन् । यस आपत्कालिन अवस्थामा थुप्रै संस्थाहरुले आफ्नो कर्मचारीको लागि विभिन्न कार्यहरु गर्दै आइरहेका छन् ।
यसै क्रममा मंगलम पाइप्सले पनि सानो प्रयास स्वरुप आफ्ना हरेक देहान्त भएका कर्मचारीहरुका श्रीमान र श्रीमती वा परिवारलाई कर्मचारीको आगामी १२ महिनाको तलवउपलब्ध गराउने जानकारी दिएको छ ।
मंगलम इन्डष्ट्रिज प्रालिका प्रबन्ध निर्देशक अभिनव चुरिवालले भने– ‘मंगलम पाइप्सको लागि आफ्नो कर्मचारीहरू नै पहिचान र शक्तिहुन् । मंगलम पाइप्सको प्रारम्भिक दिनहरु देखि नै आफ्नो कर्मचारीहरुको स्वास्थ्य र सुरक्षा सबैभन्दा प्राथमिक र अत्यन्तै महत्त्वपूर्ण विषय रहेको छ । हामी आशा गर्दछौँ मंगलम पाइप्सको यो सानो प्रयासले उहाँहरुको जीवन अघि बढाउन केहि मद्दत पु¥याउने छ । हामी हाम्रा सबै कर्मचारी र उहाँहरूको परिवारका सदस्यहरुको सुस्वास्थ्य र दीर्घायुको कामनागर्न चाहन्छौं ।’