ई–आर्थिक, काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ह्वात्तै घटेको छ । पछिल्लो चौबीस घण्टामा एक लाख ६५ हजार सङ्क्रमितको पुष्टि भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालय जानकारी दिएको छ ।
पछिल्लो चौबीस घण्टामा २० लाख ६३ हजार ८३९ नमूना परीक्षण गरिएकोमा एक लाख ६५ हजार ५५३ मा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । चौबीस घण्टामा थपिएका सङ्क्रमित पछिल्लो ४६ दिन यताकै सबैभन्दा कम हो ।
चौबीस घण्टामा तीन हजार ४६० सङ्क्रमितले ज्यान गुमाएका छन् । भारतमा हालसम्म कोरोना सङ्क्रमणबाट तीन लाख २५ हजार ९७२ जनाको मृत्यु भएको छ । थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमित दुई करोड ७८ लाख ९४ हजार ८०० पुगेको छ ।
भारतमा हाल सक्रिय सङ्क्रमितको संख्या २१ लख १४ हजार ५०८ रहेको छ । पछिल्लो चौबीस घण्टामा मात्रै एक लाख १४ हजारले सक्रिय सङ्क्रमित घटेको छ । सोही अबधिमा दुई लाख ७६ हजार ३०९ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म दुई करोड ५४ लाख ५४ हजार ३२० जना कोरोनामुक्त भएका छन् ।
भारतमा हालसम्म २१ करोड २० लाख ब्यक्तिले कोरोना बिरुद्धको खोप लगाएका छन् । पछिल्लो चौबीस घण्टामा भारतमा ३० लाख ३५ हजार ब्यक्तिले कोरोना बिरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।