ई–आर्थिक, काठमाडौं । ०६२/०६३ सालमा राजनीतिक दलहरुले लोकतान्त्रिक गणतन्त्रलाई कार्यनीति बनाएर आन्दोलनमा होमिएका थिए । नेपाली काँगे्रसले आफ्नो बिधानबाट संबैधानिक राजतन्त्र हटाएर उक्त आन्दोलनको नेत्रृत्व गरिरहेको थियो । दोस्रो ठूलो शक्ति नेकपा एमालेले संस्थागत निर्णय गरेर त्यसअघि नै आन्दोलनलाई गणतन्त्र स्थापनाको लागि केन्द्रित गरेको थियो । काँगे्रसले समेत आफ्नो बिधानबाट संबैधानिक राजतन्त्र हटाएपछि आन्दोलनले उभार लिन थालेको थियो । काँगे्रस सभापति गिरिजाप्रसाद कोइरालाले उक्त आन्दोलनको नेत्तृत्व दिएका थिए ।
बयोबृद्ध नेता कोइरालाको नेत्तृत्वमा भइरहेको उक्त बलिदानीपूर्ण आन्दोलनमा एमालेका नेताहरु माधब नेपाल, झलनाथ खनाल, बामदेब गौतम, भरतमोहन अधिकारी, अमृत बोहोराहरु बिभिन्न मोर्चाहरुको नेत्तृत्व गर्थे । तर एमालेको शीर्षस्थ नेतामध्ये बर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भने उक्त आन्दोलनमा नाक मुख देखाउँदैनथे । कैयौ कार्यकर्ताहरु र सर्बसाधारणले समेत यसबारेमा जिज्ञासा राख्थे । तर उहाँको स्वास्थ्यले साथ नदिएर हो भन्दै एमाले नेताहरु प्रश्नकर्ताहरुलाई आश्वस्त पार्थे । कतिपयलाई ओली मृगौला रोगले पीडित छन् भन्ने ज्ञान थियो । त्यसैले उनीहरुले त्यसलाई बिस्वास पनि गरे ।
लामो आन्दोलनका दौरानका क्रममा सन्चारकर्मी र मिडिया हाउसहरुले पनि यसबारेमा चासो राख्न थाले । त्यस आन्दोनमा सन्चार क्षेत्रको योगदान राजनीतिक दलहरुभन्दा उच्च थियो । सबै दलका शीर्षस्थ नेताहरुले बिभिन्न मोर्चामा रहेर गणतान्त्रिक आन्दोलनको नेत्रृत्व गरे पनि एमाले नेता ओली आन्दोलनमा नदेखिनु कतै उनी यसको बिपक्षमा त छैनन् भन्ने आशंकाले घर गर्न थालेको थियो । यही बिचमा नेता ओलीको आन्दोलनप्रति अरुची भएको हल्ला चल्न थाल्यो । यसबारेमा जान्न र आन्दोलनमा होमिएका जनतालाई बास्तबिकता सुसूचित गर्ने उद्देश्यले हिमालय टेलिभिजनले नेता ओलीलाई ‘टक शो’ कार्यक्रममा निम्त्यायो । ओलीले पनि आफ्ना कुरा राख्ने अबसर खोजिरहेका रहेछन् ।
मुलुकको बलियो राजनीतिक शक्तिको उच्च तहका नेतासँग पत्रकारले जारी आन्दोलननकै बारेमा केन्द्रित रहेर बहस गराए । त्यस क्रममा ओलीले निर्धक्क भनिदिए ‘यो कार्यक्रमको कुनै अर्थ र औचित्य छैन ।’ प्रश्नकर्ताले छक्क परेर आन्दोलनको सफलता र गणतन्त्रको स्थापनाबारे फेरि सोध्छन् । यसबारेमा ओली आफू थप प्रष्ट हुदै भन्छन् ‘यो आन्दोलन (०६२/०६३ को जनआन्दोलन) ले गणतन्त्र ल्याउने कुरा बयलगाढामा चढेर अमेरिका पुगिन्छ भनेजस्तै हो ।’ नेता ओलीले के सन्देश दिएका थिए भने उक्त आन्दोलनबाट कुनै हालतमा गणतन्त्र आउँदैन । आम जनताले उक्त दिशाहीन आन्दोलनलाई साथ र समर्थन दिन हुदैन ।
ओलीको यो अन्तरबार्ताले उनी गणतन्त्रबिरोधी भएको र आन्दोलनको बिपक्षमा रहेको कुरा दुनियाँसामु छर्लङ्ग भयो । त्यसैले उनलाई आन्दोलनमा बोलाउन पनि छाडियो । उनको पार्टी नेकपा एमालेभित्र यसले हंगामा नै मच्चायो । अहिलेका शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले ओलीलाई साधारण सदस्यबाट कारबाही गर्न बैठकमा प्रस्ताब नै गरे । त्यत्रो महान अभियानको आन्दोलनका क्रममा कोही बिचलित हुन सक्छन् ।
सहकर्मीलाई कारबाही गरेर किन लोक हसाउनु भन्दै उदारबादी सोच राख्ने एमाले नेत्रृत्व माधब नेपालले कारबाहीतिर रुची देखाएनन् । बरु जनआन्दोलन सफल भएपछि उनलाई उपप्रधानमन्त्री बनाएर एमालेको तर्फबाट सरकारको नेत्रृत्व गराए । त्यतिबेला गिरिजाप्रसाद कोइरालाले गणतन्त्रबिरोधी र आन्दोलनबिरोधी नेतालाई सरकारमा राख्दिन भनेर माधब नेपालसँग असन्तुष्टि राखेका थिए । तर माधब नेपालले यो पार्टीको निर्णय हो, हिजोका कुरा बिर्सनुपर्छ भन्दै नेल्सन मण्डेलाको स्मरण गराए । बिश्वका स्वतन्त्रतापे्रमी जनताका लागि मार्गदर्शक मण्डेलाले आन्दोलन सफल भएपछि आन्दोलनका दौरानमा भएका र त्यसअघिका सम्पूर्ण कुरालाई ईतिहासका पानामा सीमित गरेर अघि बढेका थिए । जसले दक्षिण अफ्रिकालाई शान्ति र स्वतन्त्रताको शिखर चुम्न ऐतिहासिकरुपले सफलता दिलाएको थियो ।
https://www.facebook.com/rabindrashahi99/posts/2364358573697627
हरेक गणतन्त्र दिबशमा ओलीको उक्त जनआन्दोलन र गणतन्त्रबिरोधी अभिब्यक्तिको जनताले सम्झना गर्छन । यो पटक त अझ बढी सम्झना गरेको देखियो । बितग तीन बर्षदेखि प्रधानमन्त्री रहेका ओलीले दुई–दुई पटक असंबैधानिकरुपमा संसदको बिघटन गरेपछि आम नागरिकले उनलाई संशयले हेरेका छन् । ओलीको यो कदमलाई गणतान्त्रिक ब्यबस्था समाप्त पार्ने अभियानका रुपमा लिएका छन् । गणतन्त्र ल्याउनै हुन्न भन्ने ओली सत्तासिन भएको बेला पटक–पटक संसद बिघटन हुनुले उक्त भिडियोलाई धेरैले हेरेको आकलन गरिएको छ ।
गणतन्त्र स्थापना दिबशकै अबसरमा नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पनि पार्टीभित्रका गणतन्त्रबिरोधीको सम्झना गरेका छन् । उनले पार्टीभित्रका गणतन्त्रबिरोधी भनेर ओलीप्रति नै लक्षित गरेका छन् । गणतन्त्र स्थापना गर्न योगदान दिने शहीद र योद्धाहरुप्रति सम्झना गर्दै नेता गौतमले नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइराला, नेकपा एमालेका महासचिव माधवकुमार नेपाल र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गणतन्त्र स्थापनाका महानायकको संज्ञा दिएका छन् ।
गौतमले भनेका छन् ‘विडम्बना नै भन्नुपर्छ नेकपा एमालेको केन्द्रीय कमिटीको बहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य तीन नेता विरुद्धमा हुनुहुन्थ्यो । त्यो बैठकमा अब संघर्षको मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर लिखित प्रस्ताव राख्ने व्यक्ति म थिएँ ।’