ई–आर्थिक, काठमाडौं । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले कोभिड–१९ संक्रमणको जोखिम नियन्त्रण गर्न काठमाडौं उपत्यकामा निर्माण सामग्री ढुवानी बन्द गर्ने निर्णय गरिएको छ । मंगलबार बसेको सो बैठकले निजी तथा सार्वजनिक निर्माण बन्द गर्ने निर्णय गरिएको हो । निर्माण कार्य बन्द गर्ने निर्णयसँगै निर्माण सामग्री बोकेका मोटर पनि चल्न नपाउँने भएका हुन् ।
त्यसैगरी सरकारी कार्यालयका सवारी–साधन सञ्चालनमा पनि प्रजिअहरुले कडाई गर्ने निर्णय गरेका छन् । विहान १० बजेपछि साँझ पाँच बजेसम्म सरकारी गाडी संचालनमा कडाई गरिने लागिएको हो । यी निर्णयहरू भने जेठ १४ गतेबाट लागू हुने बताइएको छ ।
बैठकले बैंक वित्तीय संस्था र बीमा कम्पनीको कार्यालय संचालनमा थप सीमितता ल्याउने निर्णय गरिएको छ । बैंक वित्तीय संस्थाहरुलाई नेपाल राष्ट्र बैंकले समेत थोरै कर्मचारी राखेर उपत्यका भित्र आफ्ना तीनवटा शाखा कार्यालय मात्रै सञ्चालनमा ल्याउन निर्देशन दिइसकेको छ ।