२०८३ साउन ९ शनिबार

कोरोनाका कारण पूर्वसांसद बस्नेतको निधन, पहिलो विद्यावारिधि गर्ने महिला डा. बानिरा गिरी पनि रहिनन्

ई आर्थिक    सोमबार, जेष्ठ १० २०७८
6.2K
Shares
कोरोनाका कारण पूर्वसांसद बस्नेतको निधन, पहिलो विद्यावारिधि गर्ने महिला डा. बानिरा गिरी पनि रहिनन्

ई–आर्थिक, काठमाडौं । भोजपुरका पूर्वसांसद नरेन्द्र बस्नेतको निधन भएको छ । कोरोना सङ्क्रमित बस्नेतको उपचारका क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

बस्नेत भोजपुर क्षेत्र नम्बर १ बाट २०४८ सालको संसदीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित बनेका थिए । उनी भोजपुरको दिङ्लामा रहेको षडानन्द सीताराम गुठीको पूर्वअध्यक्ष र अरुण माध्यमिक विद्यालयको पूर्वप्रधानाध्यापक समेत थिए ।

पछिल्लो समय मोरङको खोर्सानेमा बस्दै आएका बस्नेत विभिन्न सामाजिक संघसंस्थामा सक्रिय थिए । ७४ वर्षीय बस्नेतका श्रीमती र दुई छोरा छन् ।

पहिलो विद्यावारिधि गर्ने महिला डा. बानिरा गिरीको निधन

यसैबिच साहित्यकार डा बानिरा गिरीको निधन भएको छ । कवि एवं लेखिका गिरीको ७५ वर्षको उमेरमा आइतबार राति १० बजे निधन भएको हो ।

२० दिन अघि कोरोना देखिएको भएपनि गिरीको निधन हृदयाघातका कारण भएको थियो । हृदयाघातपछि उनलाई नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा लगे पनि चिकित्सकले मृत घोषित गरेका थिए । उनी अल्जाइमर्स पीडित थिइन् ।

डा. गिरीलाई विद्यावारिधि गर्ने पहिलो नेपाली महिला हुन् । उनका विभिन्न कविता संग्रह, उपन्यास, निबन्धलगायत प्रकाशित छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij