२०८३ साउन १० आइतबार

नयाँ सरकारको प्रधानमन्त्री कसलाई बनाउने जिम्मा राष्ट्रपतिलाई, सांसद उपस्थित गराएर मात्रै निर्णय लिन विपक्षी गठबन्धनको माग

ई आर्थिक    शुक्रबार, जेष्ठ ७ २०७८
3.3K
Shares
नयाँ सरकारको प्रधानमन्त्री कसलाई बनाउने जिम्मा राष्ट्रपतिलाई, सांसद उपस्थित गराएर मात्रै निर्णय लिन विपक्षी गठबन्धनको माग

प्रधानमन्त्रीमा ओली र देउवा दुबैको दावी

ई–आर्थिक, काठमाडौं । नयाँ सरकार बनाउनका लागि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी गठबन्धन दुबैले सरकार बनाउन दावी गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अपरान्ह ५ बजेसम्मको समय दिएकी थिइन् । समय सीमामै रहेर सरकारका लागि दुबैले दावी पेश गरिएका छन् ।

प्रधानमन्त्री ओलीले एमाले र जसपाको समर्थनमा १५३ जना सांसदको समर्थन रहेको भन्दै दावी पेश गरेका छन् भने उता देउवाले काँग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र समूह र एमालेको माधव समूहको समर्थन्मा दावी गरेका छन् ।

३९ जना सांसदहरुको हस्ताक्षर दुबैतर्फ प्रयोग भएको बताइएको छ । नयाँ प्रधानमन्त्री बनाउने जिम्मा राष्ट्रपति भण्डारीको हातमा गएको छ । यस्तो अवस्थामा राष्ट्रपतिले कस्तो निर्णय लिन्छिन् त्यो भने चासो र प्रतिक्षाको बिषय भएको छ ।

विपक्षी गठबन्धनका नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई हस्ताक्षर बुझाएपछि उनले किर्ते भएको सुनिन्छ नि भनेर प्रश्न गरेको कांग्रेसका एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij