२०८३ साउन ९ शनिबार

एक कप चिया भन्दा सस्तो प्रभु सेलेक्ट फण्डको आजदेखि बिक्री खुला, कसरी गर्ने खरिद

ई आर्थिक    बुधबार, जेष्ठ ५ २०७८
4.8K
Shares
एक कप चिया भन्दा सस्तो प्रभु सेलेक्ट फण्डको आजदेखि बिक्री खुला, कसरी गर्ने खरिद

ई–आर्थिक, काठमाडौं । एक कप चिया भन्दा सस्तो प्रभु क्यापिटल सामुहिक लगानी कोष अन्तर्गत पहिलो योजना प्रभु सेलेक्ट फण्डको आज जेष्ठ ५ गतेदेखि बिक्री खुला भएको छ । प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको यस फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित दर रहेको छ । सो फण्ड १ अर्ब बराबरको १० करोड इकाई जारी गर्न लागेको व्यवस्थापन कम्पनी प्रभु क्यापिटलले जानकारी दिएको छ ।

यो योजनाको कोष प्रवर्द्धक प्रभु बैंक लिमिटेड रहेको छ भने योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेड रहेको छ । यस योजना एक बन्दमूखि योजना हो । यस योजनाले इकाई बिक्रीबाट संकलित रकमको ८० देखि १०० प्रतिशत सम्म शेयरमा लगानी गर्ने छ अर्थात यो एक इक्विटि ओरिएण्टेड योजना पनि हो ।

निष्काशित कुल १० करोड इकाईमध्ये कोष प्रवद्र्धक प्रभु बैंक लिमिटेडले १ करोड ४० लाख इकाई र कोष व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडले १० लाख इकाई गरी कूल १ करोड ५० लाख ईकाई सुरक्षित गरिएको छ ।

बाँकी ८ करोड ५० लाख इकाईका लागि सर्वसाधरणले जेष्ठ ५ गतेबाट आवेदन दिन सक्नेछन् । इक्रा नेपालले यो योजनालाई एएमसी ३ रेटिङ प्रदान गरेको छ ।

फण्डको इकाईमा इच्छुक लगानीकर्ताले छिटोमा जेष्ठ ९ गतेसम्म आवेदन दिन सकिने छ । त्यस्तै सो अवधिमा सबै इकाईका लागि आवेदन नपरेको खण्डमा भने ढिलोमा जेष्ठ १५ गतेसम्म इकाई बिक्री खुला रहने प्रभु क्यापिटलले जानकारी दिएको छ ।

उक्त फण्डको इकाईमा लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij