ई–आर्थिक, काठमाडौं । नेप्सेले एक साथ दुई नयाँ रेकर्ड कायम गरेको छ । साताको तेस्रो दिन (मंगलबार) नेप्से परिसूचक ३४ दशमलव ६८ प्रतिशतले बढेर २७९३ दशमलव ९० को विन्दुमा कायम भएको छ ।
आज दिनभरिमा २ सय १५ वटा कम्पनीको २ करोड ३१ लाख ३१ हजार ६ सय १५ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ३५ करोड रुपैयाँमाथिको शेयर कारोबार भएर अर्को नयाँ रेकर्ड कायम गरेको हो ।
आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ६७ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल लाइफ इन्स्योरेनसको ३१ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, १० कम्पनीको शेयर १० प्रतिशतको दरले बढेको छ । घलेम्दी हाइंड्रोपावर, हिमाल दोलखा हाईड्रोपावर, समता लघुवित्त, नेशनल हाईड्रोपावर, कालिका पावर, मिथिला लघुवित्त, विशाल बजारका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
विशाल बजार कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन्। रिदि हाईड्रोपावरको शेयर २ दशमलव ०९ प्रतिशतले घटेको छ भने राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले १ दशमलव ९९ प्रतिशतले गुमाएका छन् ।