२०८३ साउन ९ शनिबार

भारतको सङ्कटले विपन्न देशमा खोप बाँड्ने कोभ्याक्स कार्यक्रम प्रभावित

ई आर्थिक    सोमबार, जेष्ठ ३ २०७८
4.4K
Shares
भारतको सङ्कटले विपन्न देशमा खोप बाँड्ने कोभ्याक्स कार्यक्रम प्रभावित

ई–आर्थिक, काठमाडौं । भारतमा जारी कोभिड सङ्कटका कारण समान रूपमा अन्तर्राष्ट्रिय रूपमा कोभिड–१९ खोप वितरण गर्ने कार्यक्रमका लागि १४ करोड मात्रा अपर्याप्त भएको छ ।
‘कोभ्याक्स’ नामक उक्त अभियानका लागि भारतको सीरम इन्स्टिट्यूट अफ इन्डिया (एसआईआई) सबैभन्दा ठूलो एक्लो आपूर्तिकर्ता हो । तर मार्च महिनामा निर्यात रोकिएयता उसले योजनाबद्ध रूपमा खोप आपूर्ति गर्न सकेको छैन ।

राष्ट्रसङ्घीय बालकोष यूनिसेफले कोभ्याक्स कार्यक्रमका लागि खोपहरू किन्ने र वितरण गर्ने काम गर्छ । यूनिसेफले जी७ समूहका देशका नेता र युरोपेली सङ्घ ईयूका देशलाई आफूसँग भएका खोपका मात्रा केही अंश बाँड्न समेत आग्रह गरेको छ । उनीहरू अर्को महिना यूकेमा भेट्दैछन् ।

यूनिसेफका अनुसार उसको एउटा समितिको सुझावमा ती समूहका देशहरूले १५ करोड ३० लाख मात्रा खोप उपलब्ध गराउन सक्छन् । ती देशले आफ्ना नागरिकहरूलाई गरिएका खोपका वाचा पूरा गरेरै त्यति मात्रा खोप बाँड्न सक्छन् ।

यो वर्ष सीरमले दुई अर्ब मात्रा खोपमध्ये आधाजसो आपूर्ति गर्नुपर्नेछ । तर मार्च, एप्रिल र मे महिनामा अहिलेसम्म कुनै आपूर्ति हुन सकेको छैन ।
प्रभावस्वरूप जुन महिनाको अन्त्यसम्ममा १९ करोड मात्रा खोप अभाव हुने ठानिएको छ ।

यूनिसेफको कोभ्याक्स आपूर्तिसम्बन्धी संयोजक गिअन गान्धी भन्छन्, ‘दुर्भाग्यवश हामी त्यस्तो अवस्थामा छौँ जहाँ खोपको नयाँ चरणको आपूर्ति कहिले टुङ्गो लाग्छ भन्ने कुरा हामीलाई थाहा छैन ।’ उनले थपे, ‘अवस्था सुध्रिएला भन्ने हाम्रो अपेक्षा छ, तर भारतको अवस्था अस्थिर छ‘र त्यो एउटा ठूलो चिन्ताको विषय हो ।’

यूनिसेफले जी७ देश (क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, यूके र अमेरिकाका साथै ईयूलाई उनीहरूलाई धेरै भएका खोप छिट्टै दान दिन आग्रह गरेको छ । यूके, अमेरिका र क्यानडासहित विभिन्न देशले आफ्ना नागरिकलाई चाहिनेभन्दा कैयौँ गुणा खोपको माग गरेका छन् ।

फेब्रुअरीमा ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले यूकेलाई धेरै भएको खोप गरिब देशहरूलाई दान दिइने बताए पनि अहिलेसम्म त्यसको कुनै समयसीमा प्रस्तुत गरेका छैनन् ।
अहिलेसम्म भारतको सङ्कटका माझ आफ्ना खोप दान गर्ने फ्रान्स मात्र एक्लो जी७ समूहको देश हो ।

यूनिसेफले जी७ देशले आफ्ना २० प्रतिशत मात्र खोप दान दिन सकेमा जुन, जुलाई र अगस्टमा १५ करोड ३० लाख मात्र खोप कोभ्याक्स कार्यक्रमका लागि जुट्ने जनाएको छ ।

फ्रान्स र मध्यजुनसम्म पाँच लाख मात्रा खोप उपलब्ध गराउने वाचा गरेको छ भने आगामी सातामा बेल्जियमले एक लाख मात्रा खोप दिने जनाएको छ । स्पेन, स्वीडन र यूएईले पनि खोप बाँड्ने वाचा गरेका छन् ।

भारतको अवस्थाले उसको छिमेक र टाढाटाढासम्म डरलाग्दो अवस्था भन्दै चासो र चिन्ता व्यक्त भएको छ ।

यूनिसेफकी निर्देशक हेन्रिइटा फोर भन्छिन्, ‘नेपाल, श्रीलङ्का र माल्दिभ्स‘र आर्जेन्टिना र ब्रजिलजस्ता देशमा सङ्क्रमण विस्फोटक रूपमा आएको छ र स्वास्थ्य प्रणाली सङ्घर्षरत छन् ।’ ‘बालबालिका र परिवारले चुकाउनुपर्ने मूल्य अतुलनीय हुन्छ ।’

केही देशहरूले अहिले झेलिरहेको समस्या भनेको दोस्रो मात्रा खोप कसरी दिने भन्ने समेत हो । दोस्रो मात्रा योजनाबद्ध रूपमा आउने आकलनका माझ ती देशहरूले जोखिम समूहमा रहेकाहरूलाई पहिलो मात्र खोप दिइसकेका बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij