२०८३ साउन १० आइतबार

सहकारीमा पनि कडाई, अत्यावश्यक बाहेक सम्पुर्ण सेवाहरु बन्द गर्न निर्देशन

ई आर्थिक    बुधबार, बैशाख २९ २०७८
3.8K
Shares
सहकारीमा पनि कडाई, अत्यावश्यक बाहेक सम्पुर्ण सेवाहरु बन्द गर्न निर्देशन

ई–आर्थिक, काठमाडौं । कोरोना भाइरसको संक्रमण थप भयावह हुन थालेपछि सहकारी विभागले सहकारी क्षेत्रलाई कडाई गर्दै निर्देशन जारी गरेको छ । विभागले नेपालभर क्रियाशिल रहेका सबै सहकारी संघ संस्थाहरुले अत्यन्त जरुरी र अत्यावश्यक कार्यहरु तथा सेवाहरु मात्र सञ्चालन गर्न निर्देशन दिएको हो ।

विभागले अत्यन्त कम जनशक्तिबाट स्थानीय प्रशासनसंगको पूर्ण समन्वयमा मात्र संचालन गरी गराई बाँकी सम्पूर्ण क्रियाकलापहरु तथा सेवाहरु वर्तमान अवस्था सहज नभएसम्म स्थगन गर्न निर्देशन दिएको हो ।

कोरोनाको थप जोखिम तथा क्षति हुन नदिन नेपाल सरकारको निर्णय अनुसार मुलुकका अधिकांश जिल्लाहरुमा निषेधाज्ञा लगायतका आदेशहरु जारी गरिएको र सिङ्गो राज्य संयन्त्र तथा जनशक्ति यस महामारीको नियन्त्रण तथा रोकथाममा केन्द्रित गर्दै गरेको वर्तमान विषम परिस्थितिलाई मध्यनजर गर्दै विभागले यस्तो निर्देशन दिएको जनाएको छ ।

साथै सम्पूर्ण सहकारी संघ संस्थाहरु तथा सहकारी कर्मीहरुलाई यस असहज परिस्थितिमा स्वास्थ्य पुर्वाधारहरुको व्यवस्थापनमा राज्य संयन्त्रसंग समन्वय गरी सदा झै भूमिका निर्वाह गरिदिन विभागले अपिल समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij