२०८३ साउन ९ शनिबार

आकर्षक ब्याजको लोभमा सर्वसाधारणको १२ करोड डुब्यो, १२ करोड लिएर उर्लावारीका सुन व्यापारी फरार

ई आर्थिक    मंगलबार, बैशाख २८ २०७८
3.3K
Shares
आकर्षक ब्याजको लोभमा सर्वसाधारणको १२ करोड डुब्यो, १२ करोड लिएर उर्लावारीका सुन व्यापारी फरार

ई–आर्थिक, मोरङ : आकर्षक व्याजको लोभमा सर्वसाधारणको १२ करोड डुबेको छ । आकर्षक ब्याजको दिएर उर्लाबारीका सुन व्यापारी राजेश भन्ने गोपाल गौतमले १२ करोड लिएर फरार भएपछि उनीहरुको उक्त रकम डुबेको हो ।

गौतमले उर्लाबारी नगरपालिका ६ डिबीमार्गस्थित गौतम सुनचाँदी पसल सञ्चालन गर्दै आएका थिए । मंहगो ब्याजको प्रलोभनमा उर्लाबारीका तीन सयभन्दा बढीको पैसा डुबेको छ ।

गौतमले सयकडा २ रुपैयाँ ब्याज दिने सर्तमा सेवाग्राहीसँग रुपैयाँ लिएर पासबुक दिँदै आएका थिए । उनले १ लाखदेखि २० लाख रुपैयाँ ब्याजमा लिएर फरार भएको उजुरी आएको हरीले जानकारी दिएको छ ।

रकम लिएर गौतम फरार भएपछि गौतम पीडित पहल समूह गठन गरेर पीडितहरुले पैसा फिर्ता गराउन संघर्ष थालिसकेका छन् । पहल समितिका अध्यक्ष गजेन्द्र दंगालले बचत गरेको पैसा फिर्ता ल्याउन र दोषीलाई कारबाही गराउन स्थानीय प्रशासनदेखि जनप्रतिनिधिलगायत सरोकारवालाहरूसँग पहल गरिरहेको जानकारी दिए ।

जिल्ला प्रहरी मोरङमा गौतमविरुद्ध ठगी मुद्दा दर्ता गराइएको उनले बताए ।

गौतमको र उनकी पत्नीको नाममा ५२ कित्ता जग्गा पत्ता लगाएर पीडितहरुले मालपोत कार्यालयमा रोक्का गर्न लगाएको छ । गौतमको नाममा २६ र उनकी पत्नी चित्रकुमारी गौतमको नाममा २४ कित्ता विभिन्न ठाउँमा जग्गा रहेको अध्यक्ष दंगालको भनाई छ ।

पीडितहरूले दिएको उजुरीका आधारमा गौतमको खोजी कार्य र अनुसन्धान भइरहेको मोरङ प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij