२०८३ साउन १० आइतबार

सगरमाथाको नयाँ उचाई पछि १२ जना पुगे सगरमाथाको चुचुरोमा, कामिरिताले बनाए २५ औं पटक आरोहण गरेको रेकर्ड

ई आर्थिक    शनिबार, बैशाख २५ २०७८
18.4K
Shares
सगरमाथाको नयाँ उचाई पछि १२ जना पुगे सगरमाथाको चुचुरोमा, कामिरिताले बनाए २५ औं पटक आरोहण गरेको रेकर्ड

ई–आर्थिक, काठमाडौं । विश्वकै सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई पछि १२ जनाले पुगे सगरमाथाको चुचुरोमा पुगेका छन् । कोरोना महामारीपछि र सगरमाथाको नयाँ उचाई मापन भएपछि पहिलो पटक यो संख्या सगरमाथाको चुचुरोमा पुगेको हो ।

१२ जनाको आरोहण दलमा सोलुखुम्बुका कामिरिता शेर्पासमेत छन् । उनी २५ औं पटक सगरमाथाको चुचुरोमा पुगेका हुन् । उनी सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने कीर्तिमानी आरोही हुन् । उनीसहित शुक्रबार आरोहण गर्ने सबै १२ जना शेर्पा हुन् ।

बसन्त ऋतुको यो पहिलो आरोहणसमेत हो। सरकारले यो पटक आरोहणका लागि ४ सयभन्दा धेरैलाई सगरमाथा आरोहणको अनुमति दिएको छ।
शुक्रबार साँझ ६ बजे १२ जना आरोही विशेषज्ञ शेर्पाहरुको टोली चुचुरोमा पुगेको सेभेन समिट ट्रेक कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij