२०८३ साउन १२ मंगलबार

सिभिल बैंकको शाखा राप्ती नगरपालिकाको खुरखुरेमा स्थानन्तरण

ई आर्थिक    शनिबार, बैशाख ११ २०७८
3.7K
Shares
सिभिल बैंकको शाखा राप्ती नगरपालिकाको खुरखुरेमा स्थानन्तरण

ई–आर्थिक, काठमाडौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो खुरखुरे शाखा स्थानन्तरण गरेको छ । स्थानन्तरित खुरखुरे शाखाको उद्घाटन राप्ती नगरपालिका नगर प्रमुख प्रभा बरालले गरिन । हालको कोरोना महामारीको संक्रमणलाई मध्यनजर गर्दै उक्त उद्घाटन समारोहमा सहभागीको संख्या न्यून गरिएको बैंकले जानकारी दिएको छ ।

उक्त शाखा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख बरालले शुभकामना मन्तव्य व्यक्त गर्दै खुरखुरेमा वित्तीय पहुँच बृद्धि गर्नको साथै वित्तीय स्तर बढाउन टेवा पु¥याउने कुरा बताइन् ।

नगर प्रमुख बरालले ब्यापार व्यवसाय विस्तार तथा रोजगारी श्रृजनाका लागि अनुकुल वातावरणलाई प्रोहत्साहन गरेकोमा बैंकलाई धन्यवाद दिदै उक्त क्षेत्रका बासिन्दाहरुलाई आफुलाई आवश्यक पर्ने पुँजीको लागि बैंकबाट कर्जा लिई आफ्नो व्यवसाय विस्तार गर्न तथा आफुसँग भएको सानो सानो पुँजीलाई पनि बैंकमा राखी निर्धक्क भई ब्याज आर्जन गर्न आग्रह गरिन् ।
उक्त समारोहका सभापति तथा सिभिल बैंकका प्रदेश २ नं का प्रमुख विश्वास अर्यालले बैंक भनेको आर्थिक समृद्धिको सहयात्री भएको र बैंकको सहभागिता बिना आर्थिक समृद्धि सम्भब नहुने बताए ।

सिभिल बैंकले यस क्षेत्रका सम्पुर्ण वचतकर्ता उद्दमी, व्यवसायी तथा स्थानियहरुलाई उच्चस्तरीय बैंकिङ सेवा तथा सुविधा उपलव्ध गराउने प्रतिवद्धता जनाउँदै यस क्षेत्रको अर्थतन्त्र उकास्नको लागी साना तथा मझौला ब्यापार ब्यबसाय लगायत अन्य व्यक्तिगत कर्जाहरु जस्तै घरकर्जा, सवारी कर्जा, शैक्षिक कर्जा जस्ता क्षेत्रमा लगानी बढाउने बताए ।

साढे पाँच लाख हाराहारी ग्राहकहरू रहेको बैंकका ११४ शाखाहरु, ९ एक्सटेन्सन काउन्टरहरु, ८९ एटीएमहरु मार्पmत सेवा प्रदान गरिरहेको सिभिल बैंककोे हालसम्म करीब ८९ अर्व रुपैयाँ निक्षेप परिचालन गरी करीव रु. ८३ अर्ब कर्जा लगानी गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij