२०८३ साउन ९ शनिबार

प्रभु बैंकको शाखा नुवाकोटको महादेवफाँटमा

ई आर्थिक    बुधबार, बैशाख ८ २०७८
4.5K
Shares
प्रभु बैंकको शाखा नुवाकोटको महादेवफाँटमा

ई–आर्थिक, काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा नुवाकोट जिल्लाको वेलकोटगढी नगरपालिका वडा नं. ०७ स्थित महादेवफाँटमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकको यो २१४ औं शाखा हो ।

बैंकको महादेवफाँट शाखा कार्यालयको उद्घाटन प्रमुख अतिथि वागमति प्रदेशका मुख्य सचेतक केशवराज पाण्डेले गरे ।

उक्त शाखा कार्यालयको उद्घाटन गर्दै प्रमुख अतिथी पाण्डेले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताए । साथै उनले प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउदै बैंकलाई सफलताको शुभकामना व्यक्त गरे ।

सो शाखाबाट बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुनेभएकोले त्यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने विश्वास लिएको छ । साथै स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पूर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महादेवफाँट शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij