२०८३ साउन ९ शनिबार

मध्यभोटेकोशी जलविद्युतलाई साधारण सेयर निष्काशन गर्ने, धितोपत्र बार्डबाट पायो अनुमति

ई आर्थिक    बुधबार, बैशाख ८ २०७८
7.2K
Shares
मध्यभोटेकोशी जलविद्युतलाई साधारण सेयर निष्काशन गर्ने, धितोपत्र बार्डबाट पायो अनुमति

ई–आर्थिक, काठमाडौं । मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले साधारणस सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । उक्त जलविद्युत कम्पनीले सो सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ ।

कम्पनीले १ अर्ब ५० करोड रूपैयाँ बराबरको १ करोड ५० लाख कित्ता कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि बोर्डमा निवेदन पेश गरेको थियो । बोर्डले वैशाख ५ गते आईपीओ निष्कासन गर्ने अनुमति प्रदान गरेको हो ।

कम्पनीले पहिलो चरणमा १० प्रतिशत दरको ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानिय बासिन्दाको लागि आइपिओ बिक्री गर्नेछ भने दोस्रो चरणमा १५ प्रतिशतका दरले ९० करोड रूपैयाँ बराबरको ९० लाख कित्ता सर्वसाधारणमा बिक्री गर्नेछ ।

कम्पनीको उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मा ग्लोबल आइएमई क्यापिटल लिमिटेडले पाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij