ई–आर्थिक, काठमाडौं । हरिद्वार कुम्भ मेलामा सहभागी भएर उनी आइतबार स्वेदश फर्केका पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना संक्रमित भएका छन् । कुम्भ मेलामा सहभागी भएकाहरु धेरै कोरोना संक्रमित भइरहेका बेला पूर्वराजा पनि संक्रमित भएका हुन् ।
ज्ञानेन्द्रकी नातिनी कृतिका शाहले ट्वीटरमा ज्ञानेन्द्र कोरोना संक्रमित भएको भन्दै स्वास्थ्य लाभको काम गर्दै पोस्ट गरेकी छन् । ज्ञानेन्द्र हरिद्वारबाट फर्केपछि निर्मल निवासमै क्वारेन्टिन बसेका थिए । कोरोना संक्रमित भए पनि उनको स्वास्थ्य अवस्थाबारे उनी लगायत अन्य कुनै निकाय तथा आफन्तले थप जानकारी भने दिएका छैनन् ।