एक लाख रुपैयाँसम्मको स्वास्थ बीमा निःशुल्क
ई–आर्थिक, काठमाडौं । नेपालको सुचना तथा संचार क्षेत्रमा अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबलनेट प्रालिले नयाँ वर्षको अवसरमा ग्राहकमुखि नयाँ योजना सार्वजानिक गरेको छ । ‘इन्टरनेट मस्त जीवन स्वस्थ’ नारा दिएको उक्त योजनामा ग्राहकहरुले एक लाख रुपैयाँसम्मको निःशुल्क स्वास्थ बीमा प्राप्त गर्नु गर्ने भएका हुन ।
स्वस्थ जीवनको महत्वलाई ध्यानमा राख्दै कम्पनीले इन्टरनेट तथा इन्टरनेट र क्लियर टिभी सेवाको नयाँ जडान तथा नविकरणमा एक लाख रुपैयाँसम्मको निःशुल्क स्वास्थ्य बीमा प्रदान गर्ने जानकारी दिएको छ । सेवा २० एमबीपीएस भन्दा माथिको ब्याण्डवीथमा लागू हुने कम्पनीको भनाई छ ।
कम्पनीले उक्त स्वास्थ्य बीमाको लागि शिखर इन्स्युरेन्ससँग सहकार्य गरेको छ । यस योजनाअन्तर्गत ग्राहकहरुले नेपाल र भारतमा उपचारार्थ एक लाखसम्मको स्वास्थ्य बीमा प्राप्त गर्नु हुने भएको हो ।
आकस्मिक स्वास्थ्य उपचारमा पर्न जाने आर्थिक भारलाई यसले धेरै हदसम्म निर्मुल पार्ने विश्वास कम्पनीले लिएको छ । यो अफर सिमित अवधिका लागि रहने र शर्त तथा नियमहरु लागू हुने कम्पनीले जानकारी दिएको छ ।
सुबिसु कस्तो कम्पनी हो ?
सुबिसु केबलनेट (प्रा.) लि.ले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम.पि.एल.एस भि.पि.एन.एस, व्यानएथर्नेट, होलसेल आइ.पि ट्रान्जिट, एम.भि.पि, डाटा सेन्टर सोलुसन जस्ता मनोरञ्जनात्मक सेवा तथा बिजनेस सोलुसन नेपालमा प्रदान गर्दै आएको छ ।
क्लियर टिभीको बारेमा
क्लियर टिभी, सुबिसु केबलनेट प्रा. लि., नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवाप्रदायक कम्पनीको उत्पादन हो । यो नेपालको पहिलो डिजिटल केवल टेलिभिजन सेवा हो । जसले एमपीइजीफोर स्टैण्डर्ड डेफिनिशन र हाई डिफिनिशन च्यानलस केबलमार्फत, कन्डिस्नल एक्सेस सिष्टम (कास) को प्रयोग गरी सेटअप बक्सको माध्यमबाट प्रसारण गर्दछ ।