ई–आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबार पाँच अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्दैछ । केन्द्रीय बैंकले एक सूचनामार्फत बोलकबोल प्रक्रिया मार्फत उक्त रकम बराबरको ट्रेजरी बिल विक्री गर्न लागेको हो ।
सूचनामा जनाइए अनुसार २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल ९१ दिने अवधिका लागि विक्री गर्न गर्दैछ । सो बिल आगामी साउन ५ गते परिपक्व हुनेछ । त्यसैगरी पाँच अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल भने कूल १८२ दिनका लागि विक्री गरिने भएको छ ।
सो बिल भने आगामी कात्तिक २ गते परिपक्व हुने भएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले यसअघि गत चैत ३० गते पनि २० अर्ब २५ करोड रुपैयाँ बराबरको टे«जरी बिल विक्री गरेको थियो ।