२०८३ साउन ९ शनिबार

नेपाल ट्रष्टद्वारा काठमाडौं प्लाजामा सिल, प्लाजाका ज्योति र मुक्तिनाथ विकास बैंक मात्रै सञ्चालनमा

ई आर्थिक    शुक्रबार, बैशाख ३ २०७८
5.2K
Shares
नेपाल ट्रष्टद्वारा काठमाडौं प्लाजामा सिल, प्लाजाका ज्योति र मुक्तिनाथ विकास बैंक मात्रै सञ्चालनमा

ई–आर्थिक, काठमाडौं । नेपाल ट्रस्टले काठमाडौंको कमलादीस्थित काठमाडौं प्लाजालाई सिल गरेको छ । काठमाडौं प्लाजा खाली गर्न दिएको अन्तिम समयसीमा सम्म पनि खाली नभएपछि ट्रस्टले प्लाजालाई सिल गरेको हो ।

सिल गरेपछि काठमाडौं प्लाजा सुनसान बनेको छ । प्लाजा भित्रका कार्यालय तथा पसलहरु पूर्ण रुपमा बन्द भएका छन् भने मान्छेको आवत जावत समेत बन्द भएको छ ।

प्लाजामा सञ्चालनमा आएको ज्योति विकास बैंकले भने केही दिन समय मागेर कार्यालय सार्ने प्रतिवद्धता व्यक्त गरेको छ । त्यस्तै काठमाडौं प्लाजामै रहेको मुक्तिनाथ विकास बैंकलाई

भने त्यहीँ सञ्चालन गर्न दिइने भएको छ । सो भवनलाई नेपाल ट्रस्टले काठमाडौं महानगरपालिकालाई भाडामा दिने सम्झौता गरिसकेको छ ।

खाली गरेपछि महानगरपालिको उक्त भवनलाई सदुपयोग गर्ने जनाएको छ ।

ट्रष्टले यसअघि काठमाडौं प्लाजा खाली गर्न अन्तिम पटक भन्दै चेतावनी दिएको थियो । गत असार ३ मा नै खाली भइसक्नुपर्ने काठमाडौं प्लाजामा विवाद नसल्टएपिछि ट्रस्टले सूचना जारी गर्दै चैत ३१भित्र खाली गर्न भन्दै सूचना पनि जारी गरेको थियो । कानुनअनुसार भवन खाली गराउँदा हुने क्षतिको जिम्मेवार स्वयम् व्यवसायी नै हुने ट्रष्टले बताएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij