२०८३ साउन ९ शनिबार

दिल्लीमा कोरोना २५ गुणाले बढ्यो, कोरोना संक्रमण भयावह ढंगले फैलिएपछि ‘विकेन्ड कर्फ्यू’

ई आर्थिक    बिहिबार, बैशाख २ २०७८
6.7K
Shares
दिल्लीमा कोरोना २५ गुणाले बढ्यो, कोरोना संक्रमण भयावह ढंगले फैलिएपछि ‘विकेन्ड कर्फ्यू’

ई–आर्थिक, काठमाडौं । कोरोना संक्रमण बढेपछि दिल्ली सरकारले ‘विकेन्ड कर्फ्यू’ लगाउने घोषणा गरेको छ । विकेन्ड कर्फ्यू शुक्रबार राति १० बजेदेखि सोमबार बिहान ६ बजेसम्म लागू हुनेछ । ५ हप्तामा दिल्लीमा कोरोना संक्रमितको संख्या २५ गुणाले बढेपछि केजरीवालले यो निर्णय लिएका हुन् ।

११ मार्चदेखि १७ मार्चसम्म यहाँ २९९५ संक्रमित फेला परेका थिए । ८ अप्रिलदेखि १४ अप्रिलमा यो संख्या बढेर ७६ हजार ८७० पुगेको थियो ।

यो सिजन विवाहको सिजन भएकाले विवाह समारोहमा सहभागी हुनका लागि ई–पासको व्यवस्था गरिने भएको छ ।

नयाँ नियमअनुसार मल, जिम, स्पा, अडिटोरियम, बजार र निजी अफिस बन्द रहनेछन् । सिनेमा हल ३० प्रतिशत दर्शक राख्ने गरी खुला गरिनेछ । रेस्टुरेन्टमा बसेर खान पाइनेछैन, होम डेलिभरी भने गर्न पाइनेछ । हरेक म्युनिसफल जोनमा हरेक दिन एउटा साप्ताहिक बजार खोज्ने अनुमति दिइएको छ ।

बुधबार दिल्लीमा १७ हजार २८२ संक्रमित फेला परेका थिए । यही अवधिमा ९ हजार ९५२ जना निको भएका छन् भने १०४ जनाको मृत्यु भएको छ । अहिलेसम्म दिल्लीमा ७ लाख ६७ हजार संक्रमित बनेका छन् । यसमध्ये ७ लाख ५ हजार निको भएका छन् भने ११ हजार ५४० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij