२०८३ साउन ११ सोमबार

रात्रिकालिन व्यवसाय फेरि धरापमा पर्ने, ९ बजेदेखि बन्द गर्न सरकारको निर्देशन

ई आर्थिक    बिहिबार, चैत्र २६ २०७७
4K
Shares
रात्रिकालिन व्यवसाय फेरि धरापमा पर्ने, ९ बजेदेखि बन्द गर्न सरकारको निर्देशन

९ बजेदेखि नै बल्ल चल्न शुरू हुने यो व्यवसाय खोल्नु नखोल्नुको कुनै अर्थ नहुने व्यवसायी बताउँछन्

ई–आर्थिक, काठमाडौं । कोरोना भाइरसको संक्रमणले थला परेर तंग्रदै गरको रात्रिकालिन व्यवसाय फेरि धरापमा पर्ने भएको छ । पछिल्लो समय कोभिड–१९का संक्रमित बढ्दै गएपछि सरकारले रात्रिकालीन व्यवसाय तथा रेष्टुरेन्टहरु राति ९ बजेपछि बन्द निर्देशन दिएसँगै त्यस्ता व्यवसाय फेरि धरापमा पर्ने भएका हुन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन जारी गर्दै कोरोनाको नयाँ भेरियन्टको बढ्दो दरलाई मध्यनजर गर्दै रात्रिकालीन व्यवसाय कडाइका साथ बन्द गर्न गराउन भनेको छ ।

संक्रमितको पहिचान गर्न कन्ट्याक्ट ट्रेसिङ बढाउन तथा ‘केस इन्भेस्टिगेसन’का लागि एन्टिजेन तथा आवश्यकताअनुसार पीसीआर परीक्षण बढाउन मातहतका निकायलाई भनेको छ ।

त्यस्तै घरबाहिर र सार्वजनिक स्थानमा मास्कको प्रयोगलाई अनिवार्य गराउन जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको छ । ठूला सहरहरुमा ५ सयभन्दा बढी र साना सहरमा सयभन्दा बढी सक्रिय संक्रमित देखिएमा ती स्थानमा आवागमनमा कडाइ गर्न पनि आग्ह गरिएको छ । विदेशबाट आउने नागरिकलाई पनि क्वारेन्टिनको पालनामा कडाइ गरिने भएको छ ।

मन्त्रायले काठमाडौं, पोखरालगायत ठूला सहरहरुमा विद्यालय जाने उमेर समूहमा पनि कोरोना संक्रमण बढ्दो क्रममा रहेकाले गर्दा शैक्षिक संस्थाहरुमा पनि उच्च सतर्कता अपनाउन सूचनामा भनेको छ । त्यसैगरी बढी भीडभाड हुने र जोखिमपूर्ण स्थानहरु सपिङ मल, सिनेमा हल, नाचघर, हेल्थ क्लब, स्विमिङ पुल, पार्टी प्यालेस, मन्दिरलगायत क्षेत्र उच्च स्वास्थ्य सुरक्षा मापदण्ड र सावधानी अपनाएर मात्र सञ्चालन गर्न–गराउन मन्त्रालयले मातहतका निकायलाई आग्रह गरेको छ ।

सरकारको यो निर्देशनसँगै विशेषगरी रात्रिकालिन व्यवसायी र त्यसमा काम गर्नेहरुलाई समस्या हुने भएको छ । रात्रिकालिन मनोरञ्जन घरहरू विशेषगरी अन्य ठाउँका रेष्टुरेन्ट होटल बन्द भएपछि चल्ने गर्दछन् । ९ बजेदेखि नै बन्द गर्नुपर्ने भए यो व्यवसाय खोल्नु नखोल्नुको कुनै अर्थ नहुने व्यवसायी विनोद श्रेष्ठले बताए । संक्रमण दर बढेर सरकारको निर्देशन पुरै कार्यन्वयन गर्नुपर्ने अवस्थामा ठूलो संख्यामा व्यवसायीहरु संकटमा पर्ने देखिन्छ । यसबाट हजारौंले रोजगारी गुमाउने पनि पक्का जस्तै छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij