२०८३ साउन ९ शनिबार

नेपाल औषधी व्यवसायी संघ, लुम्बिनी प्रदेश र प्रभु बैंक बिच बैंकिङ्ग सम्झौता

ई आर्थिक    आइतबार, चैत्र २२ २०७७
6.1K
Shares
नेपाल औषधी व्यवसायी संघ, लुम्बिनी प्रदेश र प्रभु बैंक बिच बैंकिङ्ग सम्झौता

ई–आर्थिक, काठमाडौं । नेपाल औषधी व्यवसायी संघ, लुम्बिनी प्रदेश र प्रभु बैंकका विच बैंकिङ्ग साझेदारी सम्झौता सम्पन्न भएको छ । बैंक र संघबीच एक कार्यक्रम विच उक्त संझौता सम्पन्न भएको हो ।

कार्यक्रममा आफ्ना मन्तब्य राख्दै नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका मुख्य निर्देशक सुदिप फुयालले क्यूआर कोड तथा डिजिटल बैंकिङ्गको महत्व तथा फाईदाहरु बारे जानकारी गराउदै औषधी व्यवसायीहरुलाई क्यूआर कोडको वितरण पनि गरे ।

शुक्रबार लुम्विनी बुद्ध गार्डेन रुपन्देहीमा एक समारोह विच प्रभुका तर्फबाट प्रमुख व्यापार केन्द्र अधिकृत सुनिल राना र नेपाल औषधी व्यवसायी संघ, लुम्बिनी प्रदेशका तर्फबाट अध्यक्ष शिव शवालीले हस्ताक्षर गरे ।

उक्त कार्यक्रमा बोल्दै नेपाल औषधी व्यवसायी संघ, लुम्बिनी प्रदेशका तर्फबाट अध्यक्ष शिव ज्ञवालीले यस सम्झौताले आगामी दिनमा बैंक तथा ब्यवसायी विच सुमधुर सम्बन्ध हुनुका साथै ब्यवसाय विस्तार तथा प्रबद्र्घनमा उल्लेख्य टेवा पुग्ने कुरा बताए । प्रभु बैंकका तर्फबाट प्रमुख व्यापार केन्द्र अधिकृत सुनिल रानाले बैंकका विभिन्न सेवा सुविधाहरुको बारेमा प्रष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij