२०८३ साउन ९ शनिबार

महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठको सभापतित्वमा वस्तुगत परिषद् विस्तार

ई आर्थिक    सोमबार, चैत्र १६ २०७७
9.3K
Shares
महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठको सभापतित्वमा वस्तुगत परिषद् विस्तार

निजी क्षेत्रलाई सम्मान गर्ने वातावरण नवनेसम्म लगानी आकर्षित नहुने–अध्यक्ष गोल्छा

ई–आर्थिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत परिषद्को पहिलो विस्तारित बैठक परिषद्का सभापति एवं महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठको सभापतित्वमा सम्पन्न भयो । परिषद्को पहिलो बैठकले परिषद्को उप–सभापतिहरूमा अरनिको राजभण्डारी, सुनिल गोपाल श्रेष्ठ र सुरेन्द्र भाई शाक्यलाई चयन गरेको छ ।

त्यसैगरी परिषद्को सदस्यहरूमा नरेशलाल श्रेष्ठ, मिनमान श्रेष्ठ, सुमित कुमार केडिया, अरनिको राजभण्डारी, भक्तबहादुर हमाल, मनिषलाल प्रधान, प्रकाश सिंह कार्की, हेमराज ढकाल, विष्णु प्रसाद गैरे, संदिपकुमार अग्रवाल, गोेविन्द ढुंगेल, सुवोध कुमार गुप्ता, आकाश अधिकारी, राम बहादुर श्रेष्ठ, बच्चु पौडेल, रविन पुरी, लिलेन्द्र प्रसाद प्रधान र रितेस लामिछाने हुनुहुन्छ ।

परिषद्को विशेष आमन्त्रितहरूमा दिपकप्रसाद दाहाल, सारदा रिजाल, भुपेन्द्र प्रसाद गौतम, अशोक शर्मा, रविन श्रेष्ठ, सूर्य बहादुर मगर, दिपक पाण्डे, दूर्गा विक्रम थापा, गोकुल भण्डारी, कुमार कसजु श्रेष्ठ, मृगेन्द्र मेहर श्रेष्ठ, रवि सिंह, राजकुमार कार्की, सरोज काजी तुलाधर, शंकर खड्का, श्रीराम अधिकारी, सिताराम रेग्मी, स्वयम्भु कृष्ण श्रेष्ठ, टिकाराम पोखरेल, सुनिल कुमार धानुका(वंशल), सुवाष भण्डारी, रामकृष्ण श्रेष्ठ, मनोज अधिकारी, चन्द्र प्रसाद न्यौपाने, श्याम सुन्दर ढकाल, महेन्द्र बहादुर चित्रकार, कमलराज अधिकारी, रामेश्वर शाह, मणी देव भटटराई, विष्णु बहादुर कार्की, हरिहर फुयांल, ईन्द्र खनाल र स्वर्णा ताम्राकार हुनुहुन्छ । त्यसैगरी अनुपबहादुर मल्ल, विप्लवमान सिंह, राजन शर्मा, शिव प्रसाद घिमिरे, उदय चापागाईं, मोहनकुमार सुनार, रमेश प्रसाद श्रेष्ठ, देवदास मानन्धर, राजेन्द्र घिमिरे, डा. हेमन्त दवाडी र रितेस रिमाल परिषद्मा सल्लाहकारमा मनोनित हुनु भएको छ ।

परिषदको पहिलो विस्तारित बैठकमा महासंघका अध्यक्ष शेखर गोल्छाले परिषद्मा विभिन्न जिम्मेवारीमा मनोनित हुनु भएकाहरुलाई महासंघकोतर्फबाट पत्र हस्तान्तरण गर्नुभयो । कार्यक्रमलाई संवोधन गर्नुहुंदै अध्यक्ष गोल्छाले वस्तुगत संघहरू महासंघको “ब्रेन” को रुपमा रहेको बताउनु भयो । महासंघ मुलुकको समृद्धिको खाका कोर्ने अभियानमा रहेकाले वस्तुगत संघहरूबाट महत्वपूर्ण सल्लाह सुझावको अपेक्षा गरेको उहांले बताउनु भयो ।

महासंघको भिजन पेपर आगामी चैत्र २८ बाट सार्वजनिक गरिने र भिजन पेपरले दिएका सुझावहरूको कार्यान्वयनका लागि एक संयन्त्र बनाइने जानकारी गराउनु भयो । निजी क्षेत्रले सधै सतही सुझाव मात्र दिन्छन भन्ने आरोपलाई भिजन पेपरले गलत सावित गरिदिने उहांले बताउनु भयो । अध्यक्ष गोल्छाले निजी क्षेत्रलाई सम्मान गर्ने वातावरण नवनेसम्म मुलुकभित्र लगानी आकर्षित नहुने पनि दावी गर्नुभयो । महासंघ समग्र निजी क्षेत्रलाई सम्मानित क्षेत्रको रूपमा स्थापित गराउन लागिपरेको भन्दै हाम्रो मुख्य थीम नै “सम्मानित निजी क्षेत्र र समुन्नत नेपाल” रहेकाले सिंगो निजी क्षेत्रले यसलाई अपनत्व लिनु पर्नेमा जोड दिनुभयो । महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ र कोषाध्यक्ष सुकुन्तलाल हिराचनले परिषद् मार्फत क्षेत्रगत विषयमा छलफल चलाई वस्तुगत संघहरूका समस्या समाधानमा परिषद्लाई सफलता मिल्दै जाओस भन्नु भयो ।

परिषद्का सभापति अन्जन श्रेष्ठले सबै वस्तुगत संघहरूका समस्या, गुनासा, सुझावहरूलाई परिषद् मार्फत संकलन गरी त्यसको समाधानमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाउनु भयो ।

परिषद्को पहिलो बैठकबाट १) परिषदका काम कर्तव्यलाई प्रभावकारी बनाई कार्य गर्न उद्योग, सेवा, कृषि लगायतका महत्वपूर्ण क्षेत्रलाई समेटने गरी विभिन्न उपसमूह बनाई कार्य गर्ने, २) वस्तुगत संघहरूबाट क्षेत्रगतरुपमा सुझाव संकलन गरी सरकारमा पेश गर्न छिट्टै एक वृहद छलफल कार्यक्रमको आयोजना गर्ने र ३) परिषदका आगामी कार्ययोजनाहरू छिट्टै तयार गर्ने निर्णय समेत भएको छ ।

परिषद्ले मुलत वस्तुगत सदस्य संघहरू वीच समन्वय एवं समझदारी कायम गर्ने, आफ्ना वर्गका सदस्यहरूको समस्या पहिचान गरी तिनीहरुको समाधानका उपायहरू खोजी कार्यकारिणी समितिमा प्रस्तुत गर्ने, आफ्नो वर्ग र क्षेत्रसंग सम्बन्धित बिषयमा अध्ययन अनुसन्धान गर्ने तथा त्यसबाट प्राप्त निष्कर्ष तथा सुझावहरू कार्यान्वयनको लागि पेश गर्ने लगायतका कार्यहरू गर्ने कुरा महासंघको विधानमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij