२०८३ असोज १ बिहिबार

महालक्ष्मी विकास बैँकको १९ औँ साधारणसभा सम्पन्न, ९.२६ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित

ई आर्थिक    शुक्रबार, चैत्र १३ २०७७
7K
Shares
महालक्ष्मी विकास बैँकको १९ औँ साधारणसभा सम्पन्न, ९.२६ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित

ई–आर्थिक, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो १९औं वार्षिक साधारणसभा सम्पन्न भयो । साधारणसभा भिडियो कन्फरेन्समार्फत सफलतापूर्वक सम्पन्न गरेको थियो ।
उक्त साधारणसभामा बैंकको संचालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई संस्थाको आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट ८.८० प्रतिशतका दरले बोनस सेयर तथा ०.४६ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि) गरी जम्मा ९.२६ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिएको छ ।

साथै साधारण सभाबाट मर्जर तथा प्राप्तिको प्रस्तावलाई खुल्ला राख्दै पँुजिगत आधारलाई अझ थप सुदृढ गर्ने उद्देश्यले सो प्रस्तावलाई समेत पारित गरेको छ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखा तथा ३४ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकको ग्राहक संख्या करिब ५ लाख भन्दा बढी रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले प्रेस विज्ञप्ती मार्फत जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij