२०८३ साउन ९ शनिबार

प्रभु बैंकले विद्यार्थीहरुलाई उपलब्ध गरायो बैंकिङ्ग ज्ञान

ई आर्थिक    शुक्रबार, चैत्र १३ २०७७
10.5K
Shares
प्रभु बैंकले विद्यार्थीहरुलाई उपलब्ध गरायो बैंकिङ्ग ज्ञान

ई–आर्थिक, काठमाडौं । प्रभु बैंक लिमिटेडले सिन्धुपाल्चोक जिल्ला स्थित तेर्से माध्यामिक, श्री महेन्द« माध्यामिक, श्री पाल्चोक माध्यामिक र भुमेश्वरी माध्यमिक विद्यालयमा कक्षा ७, ८ र ९ मा अध्ययनरत ४८ जना विद्यार्थीहरुले बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा अवलोकन भ्रमण गरी बैंकिङ्ग साक्षरता÷ज्ञान हासिल प्राप्त गरेका छन् ।

बैंकको प्रधान कार्यालय र बैंकबाट सञ्चालन/सम्पादन हुने विभिन्न क्रियाकलापहरुको अवलोकन तथा अध्ययनका लागि ४८ जनाको संख्यामा आएका विद्यार्थीहरुलाई विभिन्न समुहमा विभाजन गरी बैंकको प्रधान कार्यालय बबरमहल अन्तर्गतका विभिन्न विभागहरुको स्थलगत अवलोकन गराईएको थियो । उक्त अवसरमा विद्यार्थीहरुले प्रमुख कार्यकारी अधिकृत समक्ष विभिन्न किसिमका बैंकिङ्ग तथा वित्तीय जिज्ञाशाहरु समेत राखेका थिए ।

बैंकले विभिन्न सामाजिक क्रियाकलापहरुमा सहभागी हुँदै सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पु¥याउँदै नेपालको शिक्षा क्षेत्रमा समेत आर्थिक, शैक्षिक लगायतको सहयोग उपलब्ध गराउँदै आएको छ ।

आगामी दिनहरुमा प्रभु बैंकले आप्mनो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न वित्तीय साक्षरता अभिवृद्वि गर्ने कार्यक्रमहरुमा सहभागिता जनाउँदै देशका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय तहको बैंकिङ्ग व्यवहारिक ज्ञान प्रदान गरी बैंकिङ्ग क्षेत्रमा वित्तीय साक्षरता उपलब्ध गराउने प्रतिबद्ध जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij