२०८३ साउन ९ शनिबार

सुधारका धेरै प्रयासहरूले परिणाम दिन थाल्यो, व्यवस्थापकीय नेतृत्वसहित टिमवर्कका कारण उदयपुर सिमेन्ट बिक्रीमा छलाङ्

ई आर्थिक    बिहिबार, चैत्र ५ २०७७
26.8K
Shares
सुधारका धेरै प्रयासहरूले परिणाम दिन थाल्यो, व्यवस्थापकीय नेतृत्वसहित टिमवर्कका कारण उदयपुर सिमेन्ट बिक्रीमा छलाङ्

उदयपुर सिमेन्टमा नयाँ महाप्रबन्धकको प्रभाव

ई–आर्थिक, काठमाडौं । लामो समय रिक्त ब्यवस्थापकीय नेतृत्वका कारण अस्तव्यस्त बन्दै गएको उदयपुर सिमेन्ट उद्योगले प्रगतिको गति लिन थालेको छ । उद्योगमा २ बर्ष भन्दा बढी समय रिक्त रहेको महाप्रबन्धक पदमा २०७७ साल माघ १ गतेदेखि नयाँ महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले पद सम्हालेसँगै उद्योगले गति लिन थालेको हो ।

उद्योगमा महाप्रबन्धक न्यौपाने आएपछि सुधारका धेरै प्रयासहरू भएका छन् । विशेषगरी उत्पादनको गुणस्तर, विक्री वितरणको सही व्यवस्थापन, कर्मचारीको हितलाई सम्बोधन तथा व्यवस्थापन, उद्योगको दायित्व घटाउने लगायत उनले सुरू गरेको धेरै प्रयासले परिणाम समेत दिन थालेको छ ।

उद्योगले दिएको जानकारी अनुसार २०७७ साल फागुन महिनामा यस बर्षको सर्वाधिक सिमेन्ट बिक्री गर्न सफल भएको छ । नयाँ महाप्रबन्धक गोपीकृष्ण न्यौपानेको नेतृत्त्वमा रहेको कर्मचारी कामदारहरुको टीमका कारण उक्त सफलता हासिल गरेको उद्योगका प्रवक्ता रामबहादुर जि.सी.ले जानकारी दिए ।

उद्योगमा नयाँ महाप्रबन्धक न्यौपाने बहाली हुंदा कोइलाको अभावले बन्द अबस्थामा रहेको उद्योग १० दिन भित्रै कोइला लगायतका कच्चा पदार्थ बन्दोबस्त गरी सञ्चालन गरिएको थियो ।

सिमेण्ट उत्पादन र बिक्रीको हिसाबले माघ महिनामा २१११३८ बोरा बिक्री भएको थियो भने फागुन महिनामा २३८३७१ बोरा बिक्री गरि यो यस आर्थिक बर्षको सबैभन्दा बढी बिक्री गर्न सफल भएको प्रवक्ता जी.सी.ले जानकारी दिए ।

त्यसैगरी उद्योगले आफ्नो ठूलो दायित्व घाटउन पनि सफल भएको छ । माघ १ मा उद्योगमा महाप्रबन्धक न्यौपाने बहाली हुंदा रु. ६५ करोड ८२ लाखको चालू दायित्त्व रहेकोमा उद्योगको आफ्नै श्रोत परिचालन गरि हालसम्म रु. ३२ करोड भन्दा बढी भुक्तानी गरिसकिएको उद्योगको भनाई छ । कोइला लिएर भुक्तानी स्वरुप सिमेण्ट दिने कुप्रथाको कारण सिमेण्टका अधिकृत बिक्रेताहरु बन्द हुने अबस्थामा थिए । जसलाई अन्त गरिएको उद्योगले जनाएको छ ।

संचालक समितिले पनि नीतिगत निर्णयहरू समयमै गरिदिएको कारण बिक्री बढ्न गएको देखिन्छ । परिपक्व निर्णय गर्ने क्षमता भएका संचालकहरु रहेका कारण महाप्रबन्धकलाई काम गर्न सहजीकरण भएको उद्योग स्रोतको भनाई छ

लक्ष्यको आधारमा कमिशन, बैंक ग्यारेण्टी सुबिधा, नगद छुट जस्ता स्किम सहितको नयाँ बिक्री नीति नै लागू गरेको कारण अहिले एक, दुई र बागमती प्रदेशमा विशेष फोकस गरी १०२ अधिकृत बिक्रेताहरु कायम गर्दै बजारमा दह्रो उपस्थिति रहेको छ ।

शुरुमा बन्द रहेको उद्योग संचालन गर्न र पुरानो कारखाना भएकोले मर्मतसम्भारमा समय दिनुपरेकोले क्लिंकर उत्पादन लक्ष्य अनुसार हुन नसकेपनि बजारमा सिमेण्टको अभाव हुन नदिनेगरी सिमेण्ट प्लाण्ट चालू राखेको कारण गैंडाछाप सिमेण्टले बजारमा निरन्तरता पाएको छ ।

संचालक समितिले पनि नीतिगत निर्णयहरू समयमै गरिदिएको कारण बिक्री बढ्न गएको देखिन्छ । परिपक्व निर्णय गर्ने क्षमता भएका संचालकहरु रहेका कारण महाप्रबन्धकलाई काम गर्न सहजीकरण भएको उद्योग स्रोतको भनाई छ ।

ट्रेड युनियन लगायत तलदेखी माथिसम्मका सबै कामदार कर्मचारीहरुको साथ र सहयोग पाएकोले बिक्री बढ्न संभव भएको उद्योगले जनाएको छ । कर्मचारीको मर्कालाई बुझेर महाप्रबन्धकले हरेक महिनाको तलब, नागरिक लगानी कोष, संचयकोषका अतिरिक्त ओभरटाइम समेत दिन थालिएको छ ।

उद्योगमा अहोरात्र खटिरहेका मर्मतसम्भार टिम ।

लोडसेडिङको समयमा उद्योगको बिद्युत लाइनबाट प्रभावित क्षेत्रमा जोडिएको लाइन लोडसेडिङको अन्त भएपछि पनि हटाउन नसक्दा उद्योगले लगभग मासिक ५ लाख नोक्सानी व्यहोर्नुपरेको थियो । तर नयाँ महाप्रबन्धकको रुपमा न्यौपाने आएपछि उनकै पहलमा उक्त लाइन फेर्न सफल भएको हो ।

 उद्योगमा महाप्रबन्धक न्यौपाने आएपछि सुधारका धेरै प्रयासहरू भएका छन् । विशेषगरी उत्पादनको गुणस्तर, विक्री वितरणको सही व्यवस्थापन, कर्मचारीको हितलाई सम्बोधन तथा व्यवस्थापन, उद्योगको दायित्व घटाउने लगायत उनले सुरू गरेको धेरै प्रयासले परिणाम समेत दिन थालेको छ

पछिल्लो समयमा उद्योगबाट प्रदूषण कम गर्न इपीको मर्मत लगायत सरसफाइमा समेत ध्यान दिइएको छ । यस कार्यमा जनप्रतिनिधिज्यूहरु लगायत आम नागरिकको समेत सहयोग मिलेको उद्योगले जानकारी दिएको छ ।

त्यस्तै उद्योगमा आन्तरिक लेखापरीक्षण अद्यावधिक गर्दै चार्टर्ड एकाउण्टेन्टको टीमबाट गत पौष मसान्तसम्मको आन्तरिक लेखापरीक्षण गराइएको छ, अनावश्यक काज दिने प्रचलन हटाइएको छ, अनियमित कार्य गर्ने जो कोहीलाई कारबाही गर्ने प्रचलन शुरु भएको छ । विभिन्न कमिटीहरु गठन गरी सामानको भौतिक परीक्षण शुरु भएको छ ।

उद्योग परिसरमा यत्रतत्र रहेका कवाडी सामानहरुको कलेक्सन शुरु गरिएको छ । जग्गा जमिनको एकिन गरी संरक्षण गर्ने कार्यको समेत थालनी गरिएको छ ।

लोडसेडिङको समयमा उद्योगको बिद्युत लाइनबाट प्रभावित क्षेत्रमा जोडिएको लाइन लोडसेडिङको अन्त भएपछि पनि हटाउन नसक्दा उद्योगले लगभग मासिक ५ लाख नोक्सानी व्यहोर्नुपरेको थियो । तर नयाँ महाप्रबन्धकको रुपमा न्यौपाने आएपछि उनकै पहलमा उक्त लाइन फेर्न सफल भएको छ

उद्योगले डेडिकेटेड फिडर बापत बढी भुक्तानी गरेको रु. २२ करोड भन्दा बढी रकम, बिद्युत प्राधिकरणलाई तिर्न बांकी रकममा मिलान गर्न पहल भैरहेको जनाएको छ ।

त्यस्तै प्राबिधिक रुपमा किल्न लगायतका प्लाण्टको अबस्था परामर्शदाता बाट अध्ययन गराइ तत्काल मर्मत संभार शुरु गरिएको छ भने आगामी एक बर्ष भित्रै करीब ७० करोड थप लगानी गरि १ मेगावाटको ब्याकअप सोलार प्लाण्ट सहित किल्न सेल फेर्ने, रिइन्फोर्समेण्ट सस्पेन्सन प्रेहिटर जडान गरि हालको दैनिक ८ सय मेट्रिक टनबाट क्षमता बढाइ ११ सय मेट्रिक टन पु¥याउने गरी कार्ययोजना बनाइएको छ । त्यसको स्रोतको लागि नेपाल सरकारसँग अनुरोध गरिसकिएको र सकारात्मक रुपमा अघि बढेको अवस्था रहेको छ ।

नेपाल सरकारको पूर्ण स्वामित्व रहेको यस उद्योगको अपार चूनढुंगा रहेको खानीको उपयोग गर्ने दीर्घकालीन योजनामा रहेका उनले सूसासनमा जोड दिदै सिष्टम बसाल्ने प्रयास शुरु पनि गरिएको छ ।

त्यसैगरी कारखानाको मेसिनहरुले साथ दिएमा २ बर्ष भित्रै उद्योग नाफामा जान सक्ने अबस्था देखिन्छ । झट्ट हेर्दा उद्योगको ५ अर्ब ५० करोडको नोक्सानी कायम रहेको भएतापनि ९५ प्रतिशत स्वदेशी कच्चापदार्थ चूनढुंगा प्रयोग गरी उत्पादन गरेको सिमेण्टबाट सरकारले करीब बार्षिक १ अर्ब बराबरको राजस्व संकलन गर्दै आएको छ भने ३४० कर्मचारीहरुले प्रत्यक्ष रोजगारी पाएका छन ।

नयाँ व्यवस्थापकीय नेतृत्व सक्षमताका कारण यो उद्योगले गति लिन सुरु गरिसकिएको उद्योगका एक सञ्चालकले बताए । ‘पछिल्लो समयमा उद्योगले प्रगतितर्फ उन्मूख हुने आभाष मिलेको छ’ उद्योगका एक सञ्चालकले भने– ‘यही टिम स्प्रिटमा काम भयो भने उद्योगले चाँडै गति लिन्छ ।’ उद्योग राम्रो कामको प्रशंसा गर्दै नयाँ व्यवस्थापकीय नेतृत्व र कर्मचारीले अगाडी सारेका सबै कामलाई प्रोत्साहन, हौसला र साथ सहयोग रहने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij