२०८३ साउन ९ शनिबार

बागमती प्रदेश निर्माण व्यवसायी महासंघमा नयाँ कार्यसमिति, श्रेष्ठ अध्यक्षमा निर्वाचित

ई आर्थिक    बुधबार, चैत्र ४ २०७७
7.8K
Shares
बागमती प्रदेश निर्माण व्यवसायी महासंघमा नयाँ कार्यसमिति, श्रेष्ठ अध्यक्षमा निर्वाचित

ई–आर्थिक, काठमाडौं । बागमति प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा काठमाडौं जिल्लाका सुवित श्रेष्ठ निर्वाचित भएका छन् । महासंघको प्रथम बार्षिक साधारणसभा एवं अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको हो । महासंघमा यसअघि भक्तपुरका कृष्णलाल भँडेल अध्यक्ष थिए ।

सभाले महासंघको बरिष्ठ उपाध्यक्षमा भक्तपुरका राजाराम न्हिसुतुलाई चयन गरेको छ भने उपाध्यक्षमा सिन्धुपाल्चोकका दिपेन्द्र थापालाई चयन गरेको छ । त्यसैगरी महासचिवमा काभ्रेका राजकुमार बुढाथोकी, उपमहासचिवमा काठमाडौंका भक्तबहादुर बस्नेत, सचिवमा ललितपुरका कृष्णकुमार के.सी., कोषाध्यक्षमा धादिङका उमेश रिजाल र सह–कोषाध्यक्षमा मकवानपुरका राजेश भेटवाल चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा भने काठमाडौंका चन्द्रकुमार वाईबा, दोलखाका राजेन्द्र उप्रेती, धादिङका पदमबहादुर श्रेष्ठ, सिन्धुलीकी श्रीमती लीलाकुमारी थापा, काभ्रेकी श्रीमती हिरा लामा, रामेछापका इन्द्रबहादुर तामाङ र रसुवाका लामा रन्जन घले रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij