२०८३ साउन ९ शनिबार

स्वस्तिक आयल इण्डष्ट्रिजलाई उत्कृष्ट निर्यात गर्ने कम्पनीको सम्मान

ई आर्थिक    आइतबार, चैत्र १ २०७७
11.4K
Shares
स्वस्तिक आयल इण्डष्ट्रिजलाई उत्कृष्ट निर्यात गर्ने कम्पनीको सम्मान

ई–आर्थिक, काठमाडौं । के.एल. दुगड समूह अन्र्तगतको स्वस्तिक आयल इण्डष्ट्रिज प्रालिलाई उत्कृष्ट निर्यात गर्ने कम्पनीका रुपमा सम्मानित भएको छ ।

उद्योग संगठन मोरङ्गले आर्थिक एवंम औधोगिक विकासका साथै राजस्व र रोजगारीको क्षेत्रमा योगदान पु¥याउँदै निर्यात मूलक बस्तु उत्पादन गरी आर्थिक बर्ष २०७५/०७६ तथा २०७६÷७७ मा सुनसरी, मोरङ्ग औधोगिक करिडोरका निर्यात मुलक उद्योगहरु मध्ये सबै भन्दा बढि निर्यात गर्ने उत्कृष्ट उद्योगको रुपमा सम्मान गरेको हो ।

उक्त सम्मान उद्योग संगठन मोरङ्गको ४८ औ बार्षिक साधारण सभाको समुदघाटन समारोहको अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले स्वस्तिक आयल इण्डष्ट्रिज प्रालिका संचालक विकास दुगडलाई प्रदान गरे ।

स्वस्तिक आयल इण्डष्ट्रिज प्रालिले स्वस्तिक सोयाबिन तेल, धारा हेल्थ सनफ्लावार तेल, सनफ्लो सनफ्लावार तेल जस्ता गुणस्तरीय तथा लोकप्रिय तेलहरु उत्पादन गरि बिक्री वितरण गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij