२०८३ साउन ९ शनिबार

‘निजी क्षेत्र राष्ट्रको मेरुदण्ड’

ई आर्थिक    शनिबार, फाल्गुन २९ २०७७
4.5K
Shares
‘निजी क्षेत्र राष्ट्रको मेरुदण्ड’

ई–आर्थिक, विराटनगर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निजी क्षेत्र राष्ट्रको मेरुदण्ड भएको बताएका छन् । उद्योग सङ्गठन मोरङको ४८औँ वार्षिक साधारणसभा उद्घाटनका अवसरमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले युवा उद्यमीहरुले मुलुकको भ्रष्टाचार न्यूनीकरणमा सहयोग पु¥याउनु पर्नेमा जोड दिए । रोजगारी सिर्जना र आर्थिक समृद्धि कायम गर्न उद्योग सञ्चालन गर्न दिएको ऋण आयात व्यापारमा खर्च नगर्न सबैसँग उनले आग्रह गरे ।

प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोती दुगडले निजी क्षेत्रको सहयोगबाट राष्ट्रको समृद्धिको सपना पूरा हुने चर्चा गर्दै कर्मचारीतन्त्रले राजश्वमा महत्वपूर्ण योगदान दिने उद्योगी व्यवसायीहरुलाई अपमानित होइन सम्मान गर्नुपर्नेमा जोड दिए ।

विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले महानगर क्षेत्रमा स्थापित उद्योग, व्यापारीबाट सङ्कलित राजश्व रकमको एक प्रतिशत नगरको विकास क्षेत्रमा पठाउनु पर्ने आवश्यकता औँल्याए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले महासङ्घको आगामी १० वर्षे कार्यनीतिअनुसार मुलुकको बजेट १०० बिलीयन डलरको अर्थतन्त्र र २२ लाख नयाँ रोजगारी सिर्जना गर्नु रहेको धारणा राखे । नेपाल उद्योग परिसङ्घका अध्यक्ष सतिस मोर, उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेलगायतले नेपाल राष्ट्र बैंकले कोभिड–१९ का कारण थला परेका साना तथा मझौला उद्योगहरुलाई पुनःकर्जा दिने नीतिमा परिवर्तन गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij