२०८३ साउन ९ शनिबार

प्रभु बैंकद्वारा तालबाराही मन्दिर गुठी ब्यवस्थापन समितिलाई क्यू आर कोड हस्तान्तरण

ई आर्थिक    आइतबार, फाल्गुन २३ २०७७
7.1K
Shares
प्रभु बैंकद्वारा तालबाराही मन्दिर गुठी ब्यवस्थापन समितिलाई क्यू आर कोड हस्तान्तरण

ई–आर्थिक, काठमाडौं । प्रभु बैंक लिमिटेडले तालबाराही मन्दिर गुठी ब्यवस्थापन समितिलाई संकलित भेटी तथा दक्षिणालाइ डिजिटल पविधि मार्फत व्यवस्थापन गर्ने हेतुले क्यू आर कोड हस्तान्तर गरेको छ ।

फेवातालको बिचमा रहेको बाराही मन्दिरमा एक कार्यक्रमका बिच नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले क्यू आर कोड हस्तान्तर गरेका हुन ।

यो सुविधासँगै मन्दिरमा भक्तजनहरुले आफ्नो मोबाईल बैंकिङ्ग एप्लिकेसनमार्फत सजिलै दान गर्न सक्नेछन् । नगद कारोबारलाई विस्तारै विस्थापन गरी डिजिटल कारोवार र नगद रहित कारोवारलाई बढावा दिने उद्देश्यका साथ उक्त सेवाको सुरुवात गरिएको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij