२०८३ साउन ९ शनिबार

विप्लव समूहसँग वार्ता गर्न सरकारले बनायो वार्ता टोली, गृहमन्त्री थापाको नेतृत्वमा २ सदस्यीय टोली

ई आर्थिक    मंगलबार, फाल्गुन १८ २०७७
6.2K
Shares
विप्लव समूहसँग वार्ता गर्न सरकारले बनायो वार्ता टोली, गृहमन्त्री थापाको नेतृत्वमा २ सदस्यीय टोली

ई–आर्थिक, काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहसँग वार्ताका लागि वार्ता टोली गठन गरेको छ । दुई सदस्यीय वार्ता टोलीमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले वार्ता टोली बनाएको हो । उक्त बार्ता टोलीमा परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सदस्य रहेका सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताए ।

आज मंगलबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गुरुङले भने, ‘चन्द समूहले वार्ता टोली गठन गरेमा चाँडै वार्ता हुने सरकारको अपेक्षा छ । हतियार मुद्दालगायतका विषय वार्ताबाटै टुंगो लाग्नेछ ।’

प्रधानमन्त्री केपी शर्मा ओली सहभागी विभिन्न कार्यक्रममा विप्लव समूहसँग वार्ता हुन लागेको बताउँदै आएका थिए ।

सरकारले चन्द नेतृत्वको नेकपामाथि ०७५ फागुन २८ मा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । झन्डै २० महिनाअगाडि सरकारले चन्दसहितका सशस्त्र समूहसँग छलफलका लागि सोमप्रसाद पाण्डे संयोजक, सुरेश आलेमगर र लीला भण्डारी सदस्य रहेको वार्ता समिति बनाएको थियो । तर, चन्द समूह आउन नमानेपछि ६ महिनामै सरकारी वार्ता टोली भंग भएको थियो ।

पछिल्लो समयमा सरकारको सक्रियता र विप्लव समूह पनि वार्तामा सकारात्मक देखिएपछि वार्ता टोलीसँगै वार्ताका वातावरण का लागि विभिन्न गतिविधि भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij