२०८३ साउन ९ शनिबार

ज्योति लाइफ इन्स्योरेन्सको साधारण सेयर फागुन २३ गतेदेखि आउने

ई आर्थिक    शुक्रबार, फाल्गुन १४ २०७७
8.5K
Shares
ज्योति लाइफ इन्स्योरेन्सको साधारण सेयर फागुन २३ गतेदेखि आउने

ई–आर्थिक, काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयरको विक्री फागुन २३ गतेदेखि खुल्ने भएको छ । कम्पनीले सर्वसाधारणको लागि ६६ लाख कित्ता प्राथमिक शेयर बिक्री गर्न लागेको हो । उक्त सेयर छिटोमा फागुन २८ गतेसम्म खरिद गर्न सकिने छ । यदि २८ गतेभन्दा अगाडी माग बमोजिम आवेदन नपरे ढिलोमा चैत ८ गतेसम्म बिक्री खुला हुनेछ । यो सेयर प्रतिफलयुक्त भएकाले पनि खुलेको केही दिनमै माग बमोजिम आवेदन पर्ने भएकाले २८ गते नै बन्द हुने अनुमान लगाइएको छ ।

उक्त सेयर न्युनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ । यस मध्ये ५ प्रतिशत अर्थात तीन लाख ३३ हजार कित्ता कर्मचारीलाई र यति नै कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको छ ।

कम्पनीको प्राथमिक शेयर निष्काशन तथा बिक्री प्रवन्धकको जिम्मेवारी एनएमबी क्यापिटलले पाएको छ ।

कर्मचारी र सामुहिक लगानी कोषलाई छुट्टाएर बाँकी रहेको ५९ लाख ४० हजार कित्ता प्राथमिक शेयर आम सर्वसाधारण लगानीकर्ताले प्राप्त गर्ने छन् । यस आधारमा कम्पनीको प्राथमिक शेयर न्युनतम १० कित्ताको दरले ५ लाख ९४ हजारले प्राप्त गर्न सक्ने छन् ।

सर्वसाधारण लगानीकर्ताले मेरो शेयरको अनलाइन एप्लिकेसन तथा आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्ने छन् । प्राथमिक शेयर निष्काशनका लागि कम्पनीले गरेको इस्यु रेटिङ अनुसार मध्यम किसिमको सुरक्षा जनाउने ‘केयर एनपि ट्रिपल बि’ प्राप्त गरेको छ ।

हाल कम्पनीको संस्थापक शेयर पुँजी एक अर्ब ५४ करोड रुपैयाँ रहेको छ । प्राथमिक शेयर निष्काशन पछि कम्पनीको चुक्ता पुँजी दुई अर्ब ३० करोड रुपैयाँ पुग्नेछ । जसमा सर्वसाधारण समुहको ३० प्रतिशत र संस्थापक समुहको ७० प्रतिशत कायम हुनेछ ।

प्रतिफलयुक्त ज्योतिको उक्त सेयरमा धेरै गुणा बढी आवेदन पर्न सक्ने अनुमान लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij