२०८३ साउन ९ शनिबार

तेइस सय अनलाइन सञ्चारमाध्यम दर्ता

ई आर्थिक    बिहिबार, फाल्गुन ६ २०७७
6.2K
Shares
तेइस सय अनलाइन सञ्चारमाध्यम दर्ता

काठमाडौँ । पछिल्लो समयमा अनलाइन सञ्चारमाध्यमको सङ्ख्या बढ्दै गएको छ । सूचना तथा प्रसारण विभागका अनुसार चालु आर्थिक वर्षमा (साउन ६९, असोज ९१, मङ्सिर १६१, पुस ११७ र माघ पहिलो सातासम्म ४०) ४७८ वटा नयाँ अनलाइन दर्ता भएका छन् ।

आव २०७५/०७६ मा ५५० वटा अनलाइन नयाँ दर्ता गरिएको छ भने १७ वटा पुनः दर्ता गएिको छ । दुई सय ७२ नवीकरण गरिएको छ । त्यसैगरी आव ०७६/०७७ मा ५६१ नयाँ अनलाइन दर्ता गरिएको छ । सो अवधिमा २७२ वटा नवीकरण गरिएको छ । हालसम्म दुई हजार ३२५ अनलाइन दर्ता भएका छन् ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले पछिल्लो समयमा अनलाइन पत्रकारिता मूलधारको पत्रकारिताको रूपमा विकास भएका कारण पनि व्यावसायिक र विश्वसनीय बन्न जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले अनलाइन पत्रकारिता मूलधारको पत्रकारिता बनेको छ तर यसको सङ्ख्या बढ्यो गुणस्तर भने बढ्न सकेन, सबै होइन, कतिपय अनलाइनले पत्रकार आचारसंहिता विपरीत समाचार प्रकाशन गरिएको पाइएको छ, त्यसलाई आचारसंहिता पालना गराउँदै नियमन गर्नुपर्छ ।”

दैनिक, अर्थ साप्ताहिक, साप्ताहिक, पाक्षिक, मासिक, द्वैमासिक, त्रैमासिक, चौमासिक, अर्थ वार्षिक र वार्षिक गरी सात हजार ८०७ पत्रपत्रिका दर्ता गरिएको छ । प्रसारण विभागका अनुसार हालसम्म एक हजार १२७ एफएम रेडियो र २०२ टेलिभिजन च्यानलले इजाजत पाएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij