२०८३ साउन ९ शनिबार

महिला लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, ६० गुणा आवेदन परिसक्यो

ई आर्थिक    बुधबार, फाल्गुन ५ २०७७
15.3K
Shares
महिला लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, ६० गुणा आवेदन परिसक्यो

ई–आर्थिक, काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन गरेको साधारण सेयरमा आवेदन दिने आज फागनु ५ गते अन्तिम दिन रहेको छ । माघ ३० गतेदेखि खोलिएको उक्त आईपीओको आज फागुन ५ गतेसम्मलाई आवेदन दिन सक्ने व्यवस्था मिलाइएको थियो ।

कम्पनीले जारी पूँजी रू. १० करोडको ४० प्रतिशतले हुन आउने रकम रू. ४ करोड बराबरको प्रति कित्ता १०० अंकित दरका ४ लाख कित्ता साधारण शेयर निष्कासन गरेको थियो ।

निष्कासन गर्ने कुल शेयरमध्ये जारी पूँजीको शून्य दशमलव ५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । त्यस्तै सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।

सर्वसाधारणले बाँकी ३ लाख ७५ हजार कित्ता साधारण शेयरका लागि आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ । माग संख्यामा आवेदन नपरे ढिलोमा फागुन १४ गतेसम्म आवेदन दिन सकिने भएको छ ।

थोरै संख्याको आईपीओ भएपनि यो आईपीओ लगानीको दृष्टिकोणमा प्रतिफलयुक्त मानिएको छ । प्रतिफलयुक्त आईपीओ भएकाले मागको धेरै गुणा आवेदन पर्न सक्ने अनुमान गरिएको छ ।

मंगलबारसम्म उक्त आईपीओमा २ करोड २४ लाख ८२ हजार ७२० कित्ता अर्थात २ अर्ब २४ करोड ८२ लाख ७२ हजार रुपैयाँ बराबरको आवेदन परेको उक्त लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैकिंग लिमिटेडले जानकारी दिएको छ । सो आवेदन सर्वसाधारणका लागि निष्काशन गरेको ३ लाख ७५ हजार कित्ताको ५९.९५ गुणा बढि हुन आउँछ ।

आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने आईपीओ निष्कासन तथा विक्री प्रबन्धक कम्पनीले जानकारी दिएको छ ।

आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो शेयर सफ्टवेयर प्रयोग गरी पनि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओलाई इक्रा नेपालले ‘इक्राएनपी इस्यअर रेटिङ डबल बी’ प्रदान गरेको छ । उक्त रेटिङले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

हाल कम्पनीको चुक्तापूँजी रू. ६ करोड रहेको छ । साधारण सेयर निष्काशन पछि उक्त पूँजी रू. १० करोड पुग्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij